शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अन्य दलका नेतासँगको छलफलअघि देउवाले बोलाए पार्टी पदाधिकारी बैठक

मङ्गलबार, २८ वैशाख २०७८, १३ : १४
मङ्गलबार, २८ वैशाख २०७८

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।

देउवाले दिउँसो तीन बजे आफ्नो निवास बुढानिलकण्ठमा बैठक बोलाएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए ।

नयाँ सरकार गठनका सन्दर्भमा देउवाले सुरुमा काँग्रेसका शीर्ष नेतासहित विपक्षी पार्टीसँग छलफल गर्न चाहेका थिए । तर पार्टीका नेताहरुले एक चरण आन्तरिक छलफल गरेर विपक्षी दलका नेतासँग छलफल गर्दा उचित हुने बताएपछि देउवाले पदाधिकारी बैठक बोलाएको बुझिएको छ । 

यस्तै मुख्यचिव पौडेलले अन्य दलका नेताहरूसँगको बैठक पनि स्थगित नभएको बताए ।

उनले भने, अन्य दलका नेताहरुसँग छलफल गर्ने कुरा स्थगित भएको छैन । सभापतिज्युले पहिले पार्टी पदाधिकारी बैठक बोलाउनुभएको छ । पार्टीको बैठकपछि अन्य दलका नेताहरुसँग पनि छलफल गर्ने कुरा छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि गठबन्धनको सरकार निर्माण लागि काँग्रेसले अग्रसरता लिएको छ । सोमबार साँझ बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति आह्वान गर्ने काँग्रेस माओवादी र जसपाको उपेन्द्र यादव पक्षले आग्रह पनि गरेको थियो ।

राष्ट्रपतिले पनि ३० गतेभित्र संविधानको धारा ७६ को २ अनुसार दुई वा दुईभन्दा बढी दललाई बहुमत सहित सरकार निर्माण लागि समय दिएकी छन् । त्यसका लागि काँग्रेस सभापति देउवाले विपक्षी दलसँग भेटवार्ता अगाडि बढाएको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप