शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस युनियन रौतहट शाखाका कोषाध्यक्षको कोरोनाबाट मृत्यु

मङ्गलबार, २८ वैशाख २०७८, १७ : ४६
मङ्गलबार, २८ वैशाख २०७८

रौतहट । नेपाल प्रेस युनियन रौतहट शाखाका कोषाध्यक्ष रामादेवी यादवको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यादवको मंगलबार जिल्ला अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको हो । पछिल्लो एक सातादेखि बिरामी भएर गौरस्थित घरमै उपचाररत उनलाई आज अपरान्ह थप उपचारका लागि जिल्ला अस्पताल गौरमा लगिएको थियो । शरीरमा रगत चढाउने क्रममा उनको मृत्यु भएको हो ।

मृत्युपछि एन्टिजेन चेक गर्दा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पताल गौरले जनाएको छ । रौतहटमा संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ पुगेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् ।  जिल्लामा कोरोना संक्रमितको कुल संख्या ४९० पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप