शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

९७ हजार नाघे सक्रिय संक्रमित, २४ घण्टामा ५ हजार बढी संक्रमणमुक्त

थप ९४८३ जनामा संक्रमण पुष्टि, २२५ को मृत्यु
मङ्गलबार, २८ वैशाख २०७८, १८ : ०४
मङ्गलबार, २८ वैशाख २०७८

देशभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ९७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ९७ हजार ८ जना जना पुगेको हो । 
पछिल्लो समय मृत्युदर समेत ह्वात्तै बढेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २२५ जनाले ज्यान गुमाएका छन् । 

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको छ ।  

५ हजार बढीले जिते कोरोना

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाले कोरोना जितेका छन् ।  यससँग देशभर कोरोना निको हुनेको कुल संख्या ३ लाख १२ हजार १९ पुगेको छ । यस्तै संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ  । नेपालमा संक्रमण निको हुने दर ७५.५ प्रतिशत रहेको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १३९ जनाको मृत्यु भएको थियो ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो।  

उपत्यकामा संक्रमण अवस्था 

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ५३७ र ललितपुरमा ६०२ जनामा संक्रमण पुष्टि भएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप