बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बबिता सर्जिकल हाउसलाई २ लाख जरिवाना

मङ्गलबार, २८ वैशाख २०७८, १८ : १८
मङ्गलबार, २८ वैशाख २०७८

काठमाडौं । बबिता सर्जिकल हाउस, इटहरीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार कारबाही गरेको छ । स्वास्थ्य सामाग्री अन्तरगत सर्जिक ह्यान्ड स्यानिटाइजरलाई खरिद मूल्यभन्दा अधिकतम १०३ प्रतिशत बढी नाफा राखि बिक्रि वितरण गर्ने गरेको पाइएपछि विभागले उक्त फर्म माथि कारबाही गरेको हो । 

विभागले फर्ममाथि दुई लाख रुपैयाँ जरिवाना गरेको छ । मंगलबार बजार अनुगमनका क्रमममा विभागद्वारा खटिएको टोलीले बजार मूल्य नतोकिएको तर खरिद मूल्य ३९ रुपैयाँ ३० पैसा रहेको भारती उत्पादनको लाइभ गार्ड ब्राण्डको ह्याण्ड स्यानिटाइजर कम्पनीले अधिकतम ८० रुपैयाँमा बिक्री वितरण गरिरहेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको जनाएको छ । 

त्यस्तै, इटहरीकै अर्को एक फर्म होम्ताङ आयुर्वेद औषधालयले  समेत विना बिलबिजक ह्यान्ड स्यानिटाइजर लगायत अन्य औषधिजन्य वस्तुहरुको खरिद बिक्री गरिरहेको पाइएकाले सो फर्म माथि समेत ऐन बमोजिम अन्द स्पर्ट २० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप