बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञामा स्मार्ट फोरजीका ग्राहकले पाउनेछन् ४ गुणासम्मको बोनस

मङ्गलबार, २८ वैशाख २०७८, १९ : ३०
मङ्गलबार, २८ वैशाख २०७८

काठमाडौं । स्मार्ट टेलिकमले निषेधाज्ञा अवधीमा आकर्षक अफर ल्याएको छ । स्मार्ट ग्राहकहरुले रिचार्जमा ४ गुणा सम्म बोनस पाउने भएका छन् । यस अफर अन्तर्गत प्राप्त बोनस ग्राहकहरुले स्मार्ट नेटवर्क भित्र डाटा, भ्वाइस तथा एसएमएस प्रयोग गर्न सक्छन ।

यस कठिन परिस्थितिमा आफ्ना नजिकका परिवारजन तथा नातेदारहरूसँग नियमित सम्पर्क गर्नको लागि ग्राहकहरुले प्राप्त बोनस प्रयोग गर्न सक्ने भएकाले यस्तो अफर ल्याएको स्मार्टले जनाएको छ । बोनस ब्यालेन्स नियमित मूल्यमा काटिनेछ । 

यस अफर लकडाउन अवधिभर मात्र लागू हुने पनि कम्पनीले जनाएको छ । स्मार्ट ग्राहकहरुले स्मार्ट वेबपेजमा वा ई–पेमेन्ट पार्टनरहरु (इ–सेवा,फोन पे, खल्ती, आइएमई पे, कनेक्ट आइपीएस, इनेट पे, पे प्वाइन्ट नेपाल) मार्फत निषेधाज्ञा अवधिमा सुरक्षित रही घरबाटै पनि अनलाइन रिचार्ज गर्न सक्नेछन् । 

यस भन्दा अघि स्मार्ट टेलिकमले डबल बोनस अफर ल्याएको थियो । तर परिस्थितिलाई मध्येनजर गर्दै यसपटक स्मार्टले बोनसलाई अझ डबल गरेको जनाएको छ । 

बोनस अफरहरु निम्न प्रकारका रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप