हुम्लामा जेठ ४ सम्म निषेधाज्ञा थप
मङ्गलबार, २८ वैशाख २०७८, १९ : ४९
हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि निषेधाज्ञाको समयावधि थप बढाइएको छ । जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्रको निर्णयानुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय आगामी जेठ ४ गतेसम्मका लागि बढाएको केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।
विमानस्थलका सामग्री ७२ घण्टापछि पाइने
हवाई माध्यमबाट बाँके र सुर्खेतबाट ल्याइएका खाद्यान्न तथा निर्माण र दैनिक उपभोग्य सामग्री सम्बन्धित निकाय र व्यक्तिले ७२ घण्टापछि मात्रै बुझ्न पाउने भएको छ । पहिलो चरणका निषेधाज्ञामा सिमकोट विमानस्थलमै थुपारेर राखिएका सामग्री स्वास्थ्य मापदण्डअनुसार मात्रै लिन पाइने निर्णय जिप्रकाले गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा