शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ३१ जनाको मृत्यु

मङ्गलबार, २८ वैशाख २०७८, १९ : ५८
मङ्गलबार, २८ वैशाख २०७८

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना  संक्रमणबाट थप ३१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा ३१ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर १६, कैलाली १०, बझाङ्ग २, अछाम १, बैतडी १ र डडेल्धुराका १ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट प्रदेशमा ३१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार ३७३ जनाको एन्टिजेन परीक्षण गर्दा ८७ जनामा पोजेटिभ रिपोर्ट आएको र तीमध्ये १९ जनाको मृत्यु भएको छ । १ हजार ३ सय ५० जनाको पिसिआर परीक्षण हुँदा ७ सय ३१ जनाको रिपोर्ट पोजेटिभ आएको र त्यसमध्ये १२ जनाको मृत्यु भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप