लहानको दुर्गा मन्दिर क्षेत्रको सुनचाँदी बजार अनिश्चितकालका लागि सिल
मङ्गलबार, २८ वैशाख २०७८, २० : ०६
सिरहा । जिल्लाको लहान नगरपालिका ७ दुर्गा मन्दिर क्षेत्रमा अवस्थित सुनचाँदी बजार अनिश्चितकालका लागि सिल गरिएको छ। एकै परिवारका ४ जनामा कोरोना पुष्टि भएपछि आजदेखि बजार क्षेत्र अनिश्चितकालका लागि सिल गरिएको हो ।
लहान नगरपालिका ७ का वडाअध्यक्ष राकेश रोशन गुप्ताले सुनचाँदी व्यवसाय गर्दै आएका एकै परिवारका ४ जनामा सोमबार कोरोना पुष्टि भएपछि बजार क्षेत्र सिल गरिएको बताए । लहान ७ मा पर्ने पुरानो बजारको दुर्गा मन्दिर क्षेत्रदेखि शिव चोकमा अवस्थित एलईडी एरियासम्म अर्को सूचना प्रकाशित नहुन्जेल सम्मका लागि सिल गरिएको वडा अध्यक्ष गुप्ताले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी