शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस कास्कीले आइसोलेसन र एम्बुलेन्स सञ्चालन गर्ने

मङ्गलबार, २८ वैशाख २०७८, २१ : ५७
मङ्गलबार, २८ वैशाख २०७८

पोखरा । पोखरामा कोरोना संक्रमण तीव्ररुपमा बृद्धि भएपछि नेपाली काँग्रेस कास्कीले पार्टी कार्यालयलाई आइसोलेसन वार्ड बनाउने भएको छ । पार्टीले कोरोना संक्रमितलाई राख्नका लागि पोखराको चिप्लेढुङ्गा र खुदीमा रहेको पार्टी कार्यालयलाई आइसोलेशन वार्ड बनाउन दिने निर्णय गरेको हो । त्यसैगरी पार्टीले संक्रमितका लागि एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कास्कीलाई जानकारी गराएको छ ।

काँग्रेसले संक्रमितलाई अस्पतालसम्म पुग्न कठिनाइ भएको र महँगो रकम तिर्नु पर्ने अवस्था रहेकाले यही जेठ १ गतेदेखि एम्बुलेन्स संचालन गर्ने निर्णय गरेको प्रशासनलाई जानकारी गराउँदै अनुमति समेत लिएको छ । कास्की काँग्रेसका सचिव देवेन्द्र रानाभाट र प्रवक्ता नवीन सिग्देल मङ्गलबार जिल्ला प्रशासन कार्यालय कास्की पुगेर प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई पार्टीको निर्णयबारे जानकारी गराएका थिए । नेताद्वयले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले आवश्यकता अनुसार समन्वय गर्दै जाने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप