मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गंगा किनारमा ७१ संक्रमितको शव अलपत्र, आफन्तसँग जलाउने पैसा भएन

मङ्गलबार, २८ वैशाख २०७८, २३ : ०८
मङ्गलबार, २८ वैशाख २०७८

एजेन्सी । बिहारको बक्सर जिल्लामा सोमबार गंगा नदीमा एकैपटक ठूलो संख्यामा लाश देखेपछि स्थानीय हैरान भए । सूचना पाएपछि सञ्चारमाध्यमहरू घटनास्थल पुगे, उनीहरुले नै प्रशासनलाई यसको सूचना दिए ।  अवस्था भयावह थियो । भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सका अनुसार यहाँ कम्तिमा ७१ वटा शव भेटिएका छन् । चौख मसानघाटमा रहेका स्थानीयले यो लाश यहाँको नभएको बताए । यी शवहरु उत्तर प्रदेशबाट बगेर आएको उनीहरुको दाबी छ । बक्सरका कलेक्टर अमन समिरले युपीको गाजीपुर र बलिया प्रशासनसँग समन्वय गर्दै शवको दाहसंस्कार गर्ने प्रयास भइरहेको बताए । 

युपी–बिहारको सीमामा छ बक्सर जिल्ला
बिहारको बक्सर जिल्ला युपी र बिहारको सीमावर्ती हो । यो गंगा नदीको किनारमा पर्छ । यसको उत्तरमा बलियो र पश्चिममा गाजीपुर जिल्ला छ । 

मैले १ सय लाश देखें– पत्रकार सत्य प्रकाश 

स्थानीय पत्रकार सत्यप्रकाशका अनुसार ९ मेइको बिहान सूचना पाएलगत्तै उनी नदी किनारमा पुगेका थिए । त्यहाँ उनले १ सय लाश देखे । नदी किनारमा बस्ने पण्डित दिन दयाल पाण्डेका अनुसार यस घाटमा औसत दुईदेखि तीन शव दैनिक आउँथ्यो । तर, पछिल्ला १५ दिनदेखि यहाँ दैनिक २० लाश आइरहेको छ । गंगामा तैरिएका शव संक्रमित व्यक्तिको रहेको उनले बताए । ‘हामी मानिसहरुलाई गंगामा शव बगाउन रोक लगाउँछौं । तर उनीहरु मान्दैनन्,’ घाटमा बस्ने अन्जोरिया देवीले भनिन्, ‘मानिसहरु तिम्रो घरकाले हामीलाई जलाउनका लागि दाउरा दिएका छन् र ? हामीले शव जलाउनु भन्दै झगडा गर्छन् ।’

मानिससँग अन्त्येष्टिको पैसा छैन 

बक्सर जिल्लामा कोभिड संक्रमित बिरामीको अन्त्येष्टी गर्दा १५ हजारदेखि २० हजार भारुसम्म खर्च हुन्छ । स्थानीय चन्द्रमोहन भन्छन्, ‘निजी अस्पतालमा लूट मच्चिएको छ । स्थानीयसँग मसानघाटमा लगेर विधिपूर्वक अन्त्येष्टी गर्नका लागि पैसा छैन । एम्बुलेन्सबाट शव लैजानका लागि पनि दुई हजार भारु मागिन्छ । यस्तो गंगा मैया नै विकल्प बचेकी छिन् । मानिसहरु यहीँ पार्थिव शरीर अर्पित गर्छन् ।’
पौराणिक महत्वका कारण बगाउँछन् शव 
बक्सरको चरित्रवन घाटको पौराणिक महत्व छ । अहिले यहाँ कोरोनाका कारण लाश लगाउने ठाउँ मिलिरहेको छैन । त्यसैले मानिसहरु शवलाई आठ किलोमिटर टाढाको चौसा मसानघाट लैजादैंछन् । यस घाटमा दाउराको कुनै व्यवस्था छैन । डुंगा पनि बन्द छ । त्यसैले मानिसहरुले लाशलाई गंगा किनारमै विसर्जित गरिरहेका छन् । डुंगा चालू भएको भए शवलाई बाँधेर नदीको बीचमा लगेर छोडिन्थ्यो, यो परम्परा नै हो । अहिले यसरी अलपत्र भेटिएका शवलाई बक्सर जिल्ला प्रशासन चौसाघाट नजिक जेसीबी मेसिनले खाल्डो खनेर गाड्न थालिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप