शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज आइतबार तपाईंको राशिफल कस्तो छ ?

आइतबार, ०२ जेठ २०७८, ०६ : ०६
आइतबार, ०२ जेठ २०७८

विसं २०७८ साल जेठ ०२ गते आइतबार । इस्वी सन् २०२१ मे १६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । वैशाख शुक्लपक्ष । तिथि–चतुर्थी, ०६ बजेर ५२ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–आद्र्रा, ०८ बजेर ३६ मिनेट उप्रान्त पुनर्वशु । योग–शुल, २४ बजेर २० मिनेट उप्रान्त गण्ड । करण– भद्रा,  ०६ बजेर २५ मिनेट उप्रान्त बव, १९ बजेर २१ मिनेट उप्रान्त बालव । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–मिथुन । 

काठमाडौँमा सूर्याेदय बिहान ०५ बजेर १६ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४५ मिनेट । दिनमान ३३ घडी ४२ पला । श्री आद्यशङ्कराचार्य जयन्ती,  श्रीरामानुजाचार्य जयन्ती ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले साहसिलो काममा हात हाल्नुहोला, सफलता मिल्नेछ । वादविवाद तथा मुद्दा मामिलामा तपाईंकै जित हुनेछ । माया प्रेममा सामीप्यता बढ्नुको साथै पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ । विद्यामा सोचेजस्तै सफलता पाइनेछ ।

बृष (इ, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)
मीठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाइलो गर्दै दिन कटाउन सकिनेछ । बोलीको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्त्वपूर्ण कामहरू फत्ते गर्न सकिनेछ । प्रेमप्रसङ्मा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुशी हुनेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपार्इंकै पोल्टोमा पर्नेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक काम समयमा नै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा वृद्धि हुनेछ । राजनीति कर्मिले सर्वसाधारणको काम गरी पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । पढाइ लेखाइमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने समय रहेकाले मन प्रसन्न हुनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुशी रहनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
लामो समयदेखि थाँती रहेको आर्थिक मुद्दाहरू हल भएर जानेछन् । लामो दूरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूले मनग्य रुपैयाँ पैसा कमाउन सक्नेछन् । पढाइलेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेको छ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना भए पनि अन्ततः एकअर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिने समय रहेको छ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
आफन्तजन तथा दाजुभाइबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रसन्न हुनेछ । विद्यामा प्रतिस्पर्धीहरूलार्ई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ भने प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)
गीत सङ्गीतमा विशेष रुचि बढ्नेछ भने विद्यामा तपाईं अब्बल सावित हुनुहुने छ । सत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । पतिपत्नीबीचको सम्बन्ध सुदृढ हुनुको साथै माया प्रेमको गाँठो गसिलो भएर जानेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगति भएर जानेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्इंको गतिलो उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरू बनाई आर्थिक अवस्था सुदृढ बनाउन सकिनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ ।

बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यु)
समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा वा सवारी साधनको प्रयोग गर्दा तथा चलाउँदा ध्यान दिनुहोला ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । मायाप्रेम तथा पतिपत्नीबीचको सम्बन्धको गाँठो कसिलो भएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा अरूलाई पछाडि पारिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)
विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण, रोग तथा शत्रुबाट छुटकरा पाउने समय रहेको छ । राजनीति गर्नेहरूले सहकर्मीहरूलाई किनारा लगाउँदै पदप्रतिष्ठा पाउनेछन् । माया प्रेममा सामीप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)
बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउन केही समय पर्खनुपर्नेछ । बौद्धिक व्याक्तित्वहरू सामु तपार्इंले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरूभन्दा एक कदम अघि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
जीवनशैली व्यास्त भए पनि आर्थिक रूपमा पछि नै परिनेछ । आमा तथा आफ्नैबाट टाडिनुपर्ने बाध्यता आउनेछ । अध्ययनमा समय दिन नसक्दा सफलता चुम्न निकै मुस्किल पर्नेछ । मायाप्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ भने साथीभाइले नै धोका दिन सक्छन् । स्थायी सम्पत्तिमा विवाद आउनेछ । तर पनि कृषि तथा पशुपालन व्यावसाय भने व्यावसाय फस्टाएर जानेछ ।

तपाईंको दिन शुभ रहोस् ।
युवा ज्योतिषी डीपी भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप