शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रियंकाका श्रीमान् निक जोनस अस्पतालबाट डिस्चार्ज : भने, ‘म अब पूर्ण रुपमा ठिक छु’

मङ्गलबार, ०४ जेठ २०७८, १४ : ३०
मङ्गलबार, ०४ जेठ २०७८

नायिका प्रियंका चोपडाका श्रीमान् तथा हलिउड स्टार निक जोनस हालै सिंगिङ रियालिटी शो ‘द भोइस’ को सुटिङका बेला घाइते भएका थिए । यसका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो । अब निक जोनसले आफ्नो स्वास्थ्यबारे जानकारी दिएका छन् । उनले अब आफू पूर्ण रुपमा निको भएको र अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकेको बताए । यस्तै, निकले पुनः शोको सुटिङ गर्न सुरु गरिदिएका छन् ।

बाइकबाट खस्दा करङको हड्डी थोरै चर्कियोः

कार्यक्रमको लाइभ एपिसोडका बेला निकले यो घटनाबारे खुलेर कुरा गरेका छन् । उनले भने, ‘म अब पूर्ण रुपमा ठिक महसुस गरिरहेको छु । बाइकबाट लडेका कारण मेरो करङको हड्डी थोरै चर्किएको थियो । यसबाहेक मलाई अरु चोट पनि लागेको थियो । म यति भन्न चाहन्छु कि म शारीरिक रुपमा त्यति उत्साहित महसुस गरिरहेको छैन, जति पनि साधारणतया गर्ने गर्छु ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by NICK JONɅS (@nickjonas)

हास्दा करङको चोटमा दुख्छः

आफ्नो स्वास्थ्यबारे जानकारी दिएपछि सह–निर्णायक ब्लेक शेल्टनले उनको करङमा लागेको चोट दुख्ने भएकोले धेरै नहसाउन भनेका छन् । यसबारे ब्लेकले ठट्टा गर्दै भन्छन्, ‘तपाईं यो शोका बेला सहानुभूति प्राप्त गर्ने कोसिस गरिरहनुभएको छ । ’

निकले शोमा फिर्ता हुँदै सेटबाट आफ्नो एउटा भिडियो पनि सोसल मिडियामा सेयर गरेका छन् । यो भिडियोमा उनका प्रशंसकले निकै प्रतिक्रिया दिइरहेका छन् । एक प्रयोगकर्ताले कमेन्ट गर्दै लेखेका छन्, ‘तपाईंलाई ठिक देखेर धेरै नै खुसी लागिरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप