शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मौन अवधि सुरु

मङ्गलबार, ०४ जेठ २०७८, १६ : ०८
मङ्गलबार, ०४ जेठ २०७८

यही जेठ ६ गते बिहीबार सम्पन्न हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका सन्दर्भमा मौन अवधि सुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार जेठ ३ गते राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु भएको हो । यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने आयोगले प्रस्ट पारेको छ ।

मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरपर राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाउनु पर्ने, एसएमएस, फेसबुक, भाईवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने पनि आयोगले जनाएको छ ।

उपनिर्वाचन प्रयोजनका लागि तोकिएका मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र वा स्थानीय तह निर्वाचन, २०७४, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७४ र उपनिर्वाचन, २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्रका साथ मतदानमा भाग लिन पाउने आयोगले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ । उल्लेखितमध्येका कुनै परिचयपत्रका आधारमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप