बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र समूहले दुई दिनअघि नै महतो संसदीय दलको नेता नरहेको पत्र दर्ता गराएको खुलासा

मङ्गलबार, ०४ जेठ २०७८, १७ : ०७
मङ्गलबार, ०४ जेठ २०७८

संसदीय दलको नेता चयनका विषयले जसपामा विवाद थप चर्किएको छ । पार्टी अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच महतोको संसदीय दलको नेता पद खारेज गर्ने सहमति भएको बनाइएपनि ठाकुरले संसद सचिवालयमा उनी नै नेता रहेको जानकारी गराएपछि विवाद थप चर्किएको हो । 

उसो त उपेन्द्र यादवले पनि दुई दिनअघि नै महतो संसदीय दलको नेता नरहेको जानकारी सचिवालयलाई गराएका थिए । पार्टीको संसदीय दलको विधान नबनेको र कार्यकारिणी समितिबाट पनि अनुमोदन भइनसकेकाले कसैलाई दलको नेता चयन नगरिएको जानकारी यादवले जेठ २ मै गराएको पत्र बाहिरिएको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप