महामारी नियन्त्रणमा जर्मनीको सहयोगमा निरन्तर रहन्छ : राजदूत
नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड स्याफरले कोरोना महामारी नियन्त्रणका लागि जर्मनी र युरोपेली संघले नेपाललाई निरन्तर सहयोग गर्ने बताएका छन् । एड्भान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले जर्मनेली दूतावास र गोथे जेन्ट्रम काठमाडौंसँगको सहकार्यमा आज भर्चुअल रुपमा आयोजित अन्तरसञ्जाल सम्मेलनमा उनले भने, ‘‘म भविष्यमा नेपालमा सीपयुक्त इन्जिनियरहरू देख्न इच्छुक छु । अन्तर्राष्ट्रिय अवसरका लागि हामी विद्यार्थीलाई जर्मनीका प्रतिस्पर्धी इन्जिनीयरिङ कलेजसँग सहकार्य गरेर अघि बढ्न उत्प्रेरित गर्नेछौँ ।’’
गोथे जेन्ट्रम काठमाडौँका निर्देशक सेबस्टेन वैस्टेकले गोथे नेतृत्वदायी भाषा केन्द्र रहेको र विश्वका दुई सयभन्दा बढी संस्था रहेको सञ्जालको पनि यो एउटा हिस्सा रहेको बताए । गोथे जेन्ट्रम काठमाडौँका भाषा विभागका विभागीय प्रमुख बेन्जामिन म्याट्रेन र संस्थाका परीक्षा विभागका विभागीय प्रमुख विनम कर्माचार्यले जर्मनीको संस्कृति, इतिहास, ऐतिहासिक स्थल, उत्कृष्ट चाडपर्व, पृथक सभ्यता तथा त्यहाँको समृद्ध भाषाका बारेमा प्रस्तुति दिएका थिए ।
एड्भान्स्ड कलेज आफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टका अध्यक्ष रमेशकुमार सिलवालले जर्मन भाषाको महत्त्वबारे उल्लेख गर्दै यस किसिमका सम्मेलनले इच्छुक विद्यार्थीलाई मात्रै नभएर सम्पूर्ण सहभागीलाई लाभान्वित गराउने बताए । जर्मनीको म्युनिचस्थित टेक्निकल विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर पूरा गरेका सोजन प्रजापतिले उक्त सम्मेलनको सहजीकरण गरेका थिए । एड्भान्स्ड कलेजका कार्यकारी निर्देशक कपिल रेग्मीले विश्वस्तरका शिक्षा, कला र विपद् व्यवस्थापनबारे यस प्रकारको अनुभव आदान प्रदान कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै