बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु

मङ्गलबार, ०४ जेठ २०७८, २० : २९
मङ्गलबार, ०४ जेठ २०७८

सिरहामा कोरोना संक्रमणबाट एक चिकित्सकको मृत्यु भएको छ । लहान नगरपालिका वडा ६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिए ।

उनका अनुसार डा.चौधरी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए । सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ लगेको केही बेरमै उनको मृत्यु भएको यादवले बताए । ३५ वर्षीय डा.चौधरी लहानमा डाइग्नोष्टिक सेन्टर सञ्‍चालन गर्दै आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप