शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भूकम्पले पाँच घर भत्कियो, चार जना घाइते

बुधबार, ०५ जेठ २०७८, ०८ : ५७
बुधबार, ०५ जेठ २०७८

बुधबार बिहान लमजुङमा गएको भूकम्पले पाँचवटा घर भत्किएको छ भने चार जना घाइते भएका छन् । गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्यालका अनुसार लमजुङको दोर्दी–९ मा क्षति भएको हो ।

‘हामीकहाँ अहिले प्रारम्भिक सूचनामात्र आएको छ,’ रातोपाटीसँग डीआईजी अर्यालले भने, ‘पाँचवटा घर आंशिक क्षति भएको भन्ने खबर छ, चारजना सामान्य घाइते हुनुभएको छ ।’
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ः४२ बजे ५.८ म्याग्निच्यूडको भूकम्प गएको थियो भने ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप