मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

आगोले खायो टहराको खुशी, परिवारको विचल्ली

सोमबार, ३० असोज २०७४, ११ : ४१
सोमबार, ३० असोज २०७४

प्यूठान– गत असोज १२ गते घरमा आगलागि भएपछि प्युठान माझकोट निवासी इमान सिंह मगरको परिवार विचल्लीमा परेको छ । आगलागिबाट खरले छाएको

सानो झुपडी खरानी बन्नुका साथै अन्नपात, लत्ताकपडा, नगद गरी करिव १ लाख ६० हजार बराबरको क्षेती भएको थियो । 
 इमानसिंहका घरमा १५ दिनकी श्रीमति सुत्केरी छिन् तर विचल्लीमा परेपछि अर्काकै घरमा राख्नुपरेको उनले बताए । ‘अहिले बुबा छोराछोरी र १५ दिनकी सुत्केरी श्रीमती अर्कैको घरमा आश्रय लिएर राख्नुपरेको छ ।’ इमानसिंहले भने ‘कसैले सहयोग गरे केही राहत हुनेथियो ।’ 

लगाएको कपडा बाहेक उनीहरुसंग केही छैन् । छरछिमेकीको केही सहयोगले कहिले आधा पेट खान पाएको त कहिले भोकभोकै बस्नु परेको पीडित मगरले बताए । 
‘अहिलेसम्म ३ पटक घरमा अगोलागि भएको स्थानीय छविलाल बुढामगरले भने–‘खरले छाएको छाना भएर पटक पटक आगोले सखाप पार्ने गरेको छ । केही सहयोग जुटाएर जस्ता लगाइदिन पाए यति धेरै जोखिम हुने थिएन होला ।’ 
पीडित मगरको परिवारमा भएको बिजोग देखेर रामराम भन्ने धेरै भएपनि  राहत भने कतैबाट जुट्न नसकेको छिमेकीले बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप