बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हिना खान हुन् बीग बस–११ की सबैभन्दा महँगो प्रतिस्पर्धी, हरेक हप्ता लिन्छिन् यति लाख

सोमबार, ३० असोज २०७४, १२ : ४०
सोमबार, ३० असोज २०७४

‘बिग बस–११’ मा ड्रामा, फाइट, इगो, झगडा, विवाद सबैकुरा हुन्छ । तर यी सबैका लागि प्रतिस्पर्धीलाई मोटो रकम दिइन्छ । रिपोर्टका अनुसार ‘ये रिश्ता क्या कहलाता हे’ की अक्षरा उर्फ हिना खान यो सिजनकी सबैभन्दा महँगो प्रतिस्पर्धी हुन् । उनलाई एक हप्ताका लागि ७ देखि ८ लाख भारु दिइन्छ । यस्तै हितेन तेजवानीलाई त्यति नै समयका लागि ७ देखि ७.५ लाख भारु दिइएको छ ।

स्मरण रहोस्, बिग बसमा दोस्रो हप्ताको विकेन्डको वारमा सलमान खान थोरै नरम व्यवहारमा देखिए । उनी पछिल्लो पटकजस्तै प्रतिस्पर्धीसँग भड्किएको देखिएनन् । साथै कार्यक्रममा उनलाई ठट्यौली गरेको पनि देखियो ।

हिना खानः

बिग बसभन्दा अघि हिना खान ‘खतरों का खेलाडी’ सिजन ८ मा भाग लिइसकेकी छिन् । हिनाका अनुसार बाल्यकालदेखि नै उनलाई छेपारोदेखि निकै डर लाग्थ्यो तर खतरोंका खेलाडीमा काम गरेपछि अब उनी सर्पसँग पनि सेल्फी लिन सक्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप