शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रगतजस्तै रातो देखिनेछ चन्द्रमा, जान्नुहोस् किन ?

आइतबार, ०९ जेठ २०७८, १५ : १७
आइतबार, ०९ जेठ २०७८

वर्षको पहिलो चन्द्रग्रहण २६ मेइ अर्थात् बुधबारको रात लाग्दैछ । यस चन्द्र ग्रहणलाई सुपरमुन त भनिने छ नै, साथसाथै यो रगतजस्तै रातो रंगको पनि हुनेछ ।

यस्तो संयोग धेरै वर्षपछि आएको हो । वैज्ञानिक भाषामा यसलाई लुनर इभेन्ट भनिन्छ । यस दिन सुपरमून हुनेछ, ग्रहण हुनेछ र रंग पनि रगतजस्तै राते हुनेछ । यो एउटा ठूलो संयोग भएकाले यसका धेरै अर्थ निकालिएको छ । यस चन्द्र ग्रहणका केही मतलबहरुबारे आज हामी छलफल गर्दैछौं ।

सुपरमुन के हो ?

जब पृथ्वीबाट चन्द्रमा निकै नजिकको दूरीमा हुन्छ, तब उसको आकार १२ प्रतिशतसम्म ठूलो देखिन्छ । प्रायजसो सामान्य अवस्थामा पृथ्वीबाट चन्द्रको दूरी ४ लाख ६ हजार ३ सय किलोमिटर हुन्छ । तर यस खास अवसरमा यो दूरी घटेर ३ लाख ५७ हजार ७ सय किलोमिटरमै सिमित हुन्छ । यही कारण अन्य दिनको तुलनामा यस दिन चन्द्रमा ठूलो देखिन्छ  । यस दिन आफ्नो कक्षमा चक्कर लगाउँद्या(लगाउँदै चन्द्रमा पृथ्वीको निकै नजिक आउँछ । नजिक आउनुको कारण यसको चमक निकै बढ्छ ।

चन्द्र ग्रहण के हो ?

जब पृथ्वीको छायाँले चन्द्रमालाई पूर्ण या आंशिक रुपले ढाक्छ, तब चन्द्र ग्रहण लाग्छ । चन्द्रमा र सूर्यबीच पृथ्वी आउँदा यस्तो हुन्छ । किनकी चन्द्रमा आफ्नो कक्षमा पाँच डिग्रीसम्म झुक्छ, त्यहीकारण पुरै चन्द्रमा धर्तीको छायाँमा रहनसक्छन् वा केही भाग थोरै माथि वा तल रहनसक्छ । जब, पृथ्वी र सूर्यकै होरिजेन्टल प्लेनमा चन्द्रमा रहन्छ, तब उक्त समय पूर्ण चन्द्र ग्रहण लाग्छ ।

रगतजस्तै रातो किन ?

धर्तीको छायाँले जब चन्द्रमालाई पुरै तरिकाले ढाक्छ, तब यसमा सूर्यको प्रकाश पुग्दैन । जसकारण यो घनघोर अध्यारो हुन्छ । किनकी, चन्द्रमा कहिल्यै पूरा रुपमा कालो हुँदैन, त्यहीकारण यो रातो देखिन लाग्छ । सूर्यको प्रकाशमा हर(प्रकारको भिजिवल रंग हुन्छ, यसको एउटा कारण यो पनि हो । जबकी, पृथ्वीको वायुमण्डलमा समावेश ग्यासले यसलाई ब्लु कलरको देखाउँछ । रेड कलको वेवलेन्थले जब यसलाई पार गर्छ तब आकाश निलो र सूर्योदय तथा सूर्यास्त रातो देखिन्छ । यस्तो चन्द्र ग्रहणको समय पनि हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप