शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मन नेपालमै छः प्रेमराजा महत

मङ्गलबार, ३१ असोज २०७४, १० : ५५
मङ्गलबार, ३१ असोज २०७४

तनहुँ–     कुनै समय चर्चामा थिए प्रेम राजा महत ।  जताततै  उनकै त्र चर्चा चल्थ्यो  । तर समयको परिवर्तन सँगै उनी अमेरिका लागे । जति सम्मान र प्रख्यात थिए उनी नेपालमा त्यहाँ त्यस्तो हुन सकेन । आफ्नो देशमा जति माया र सद्भाव पाउथे तर त्यहाँ भने पाउन नसकेको उनले सुनाए । तनहुँको ढोरफिर्दिमा जन्मेका गायक आफ्नै जन्मभुमि तनहुँ को सदरमुकाम दमौलीमा सम्मानित भएका छ्न् ।

लामो समय अमेरिका बसेर दसैं तिहारको लागि नेपाल आएका उनी शनिवार दमौलीको खुल्ला मैदानमा आयोजित सम्मान कार्यक्रममा भेटिए ।
कलाकार संघ तनहुँले सम्मान गरेको कार्यक्रममा उनले आफू सम्मानित हुन पाएकोमा खुशी व्यक्त गरे । 
जहाँ बसे पनि आफूले  नेपालको मायालार्इ कहिल्यै नभुल्ने र नेपालको बारेमा सकारात्मक सन्देश दिने गरेको उनले बताए । 

विदेशी भूमिमा आफू गएपनि आफ्नो मन भने नेपालमै रहेको  बताए । आफ्नो भाषा संस्कृति र विभिन्न लोक भाकाहरु जसरि नेपालमा देख्न सुन्न र डुब्न  पाइन्थ्यो त्यो अनुभव यहाँ भने गुमाउनु परेको उनले सुनाए ।
उनले आफ्नो देशमा नै कला संस्कृति  र परम्पराको जगेर्ना गर्न आवस्यक रहेको बताए । पहिले पहिले जस्तो भेषभुषा र परम्पराका लोक गितहरु हराउन दिन नहुने बताए । समयको परिबर्तन सगै विभिन्न थरिका गीत हरु निकाल्न थालेपनि आफ्नो मौलिक सस्कृती झल्किने गीतहरु लाई भने कसैले बिर्सन नहुने उनले जोड दिए । 

दर्जनौ संख्यामा गीतहरु सिर्जना हरेका गाएक बिदेशमा रहेपनि नेपालको चिन्ताले सताउने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप