शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रामरहिम पछि अर्का साधुको पर्दाफासः ‘जैन मुनीले ह्वाट्सएपमा नग्न फोटो मागे, सम्बन्ध बनाउन बाध्य बनाए’

मङ्गलबार, ३१ असोज २०७४, १२ : २१
मङ्गलबार, ३१ असोज २०७४

जैन मुनी शान्तिसागरविरुद्ध बलात्कारको आरोप लगाउने युवती सार्वजनिक भइसकेकी छिन् । उनका अनुसार ब्रम्हचर्यको दाबी गर्ने जैन मुनी शान्तिसागरले सुख मुनी शान्तिसागरविरुद्ध बलात्कारको आरोप लगाउने युवती सार्वजनिक भइसकेकी छिन् । उनका अनुसार ब्रम्हचर्यको दाबी गर्ने जैन मुनी शान्तिसागरले सुखशान्तिको पाठ गर्ने बहानामा उनको नग्न फोटो ह्वाट्सएपमार्फत मगाएका थिए । पिडितले लिगल काउन्सलर, गाइनाकोलोजिस्ट र साइकोलोजिस्टमार्फत स्रोतलाई यसबारे जानकारी दिएकी हुन् । पीडितका अनुसार आमाबुवाको सुख र सफलताका लागि उनलाई जप गर्न लगाइएको र त्यति नै बेला उनलाई डर देखाएर जबर्जस्ती यौनसम्बन्ध स्थापित गर्न बाध्य बनाइयो ।

ह्वाट्सएपमा अश्लिल फोटो मागेः

१९ वर्षीया पीडित भन्छिन्, ‘३१ मार्चमा मान्डवीमा पहिलो पटक परिवारसँगै मैले पनि आचार्य शान्तिसागरलाई भेटें । उनको प्रवचनबाट हामी सबै मन्त्रमुग्ध भयौं । उनको शिष्य बन्ने आग्रह गर्यौं । त्यसपछि धार्मिक शिक्षा सुरु गर्यौं । बिस्तारै शान्तिसागरले मलाई एसएमएस र ह्वाट्सएप गर्न थाले । सुख र सफलताका लागि जप गर्न भने । कहिले काँही फोनमा पनि कुरा हुन्थ्यो ।’

ती युवतीका अनुसार दुई महिना पहिले शान्तिसागरले फोनमा भने, ‘तिम्रो सुख शान्तिका लागि जप गर्नुपर्छ । आफ्नो फोटो पठाउ । उनले भने अनुसार मैले आफ्नो फोटो ह्वाट्सएपमा पठाएँ । दोस्रोपटक फोन गरेर उनले भने, ‘मलाई साथी सम्झिउ । आफ्नो एक नग्न फोटो पठाउ । विधिमा यसको आवश्यकता छ ।’

‘त्यसपछि शान्तिसागर पटक पटक ह्वाट्सएप गर्न थाले । जब चातुर्मासका लागि सूरत आए, तब हामी सबैलाई बोलाए । त्यतिबेला विधि–जपको दक्षिणाको रुपमा मलाई नाच्न लगाए ।’

तर्साएर यौनसम्बन्ध स्थापित गर्न बाध्य बनाएः

पीडित भन्छिन्, ‘१३ दिन पहिले मलाई फोन गरेर जपका लागि सूरत बोलाए । त्यसका लागि रात बस्नुपर्ने बताए । राती उनले आमा बुवालाई बारेको कोठामा राखे । भाइलाई अर्को कोठामा पठाइदिए ।’

‘मेरो शरिरमा मयुरको प्वाँख चलाएर आफूसँगै भित्र लगे । त्यहाँ मलाई सोधे, ‘तँलाई के चाहिन्छ ?’ मैले भने, ‘आमा बुवा र म सुखी रहूँ ।’

उनले भने, ‘ठिक छ । म जे भन्छु, त्यस्तै गर ।’ त्यसपछि मलाई कपडा उतार्न भने । म हिच्किचाएको देखेर उनले भने, ‘आमा–बुवालाई सुखी देख्न चाहन्छौ भने उतार, नभएर उनीहरुको मृत्यु हुन्छ । ’ त्यसपछि शान्तिसागरले बत्ती निभाए र तर्साएर यौनसम्बन्ध स्थापित गरे । त्यसपछि भने, ‘कसैलाई यसबारे भने, तेरो आमाबुवाको मृत्यु हुन्छ । म डराएर भाइको कोठामा गएँ र त्यहाँबाट निस्किहालौं भने । वडोदरा फर्किएलगत्तै परिवारलाई यसबारे जानकारी दिएँ ।’

युवतीसँग सहमतीमा सम्बन्ध भयोः बलात्कार आरोपी साधु जैन मुनीले भने, जेल चलान

काउन्सिलिङपछि मुद्दा दर्ता गर्ने निर्णय लिएँः

पीडित थप्छिन्, ‘अर्को दिन हामीले वडोदरामा वकिललाई भेट्यौं । उनले उजुरी दिन र स्वास्थ्योपचार गर्नका लागि आग्रह गरे । गाइनाकोलोजिस्टको उपचारपश्चात् जबर्जस्ती गरेको पुष्टि भयो । उनले पनि उजुरी दिने सल्लाह दिइन् ।’

‘जैन मुनीलाई यस्तो आरोप लगाउँदा समाजले के भन्ला भनी हामी डराएका थियौं । यसैबिच एक साइकोलोजिस्टको काउन्सिलिङबाट मैले हिम्मत पाएँ ।’

मैले बुवालाई मुनिलाई सजायँ दिनुपर्छ भनें । हामी वडोदरा महिला थाना गयौं । म चाहन्छु कि धर्मको नाममा यस्तो गर्ने मुनीले सजायँ पाउनैपर्छ ता कि कुनै अन्य महिलासँग यस्तो नहोस् ।

मन्दिर प्रबन्धनले पीडितका बुवामाथि नै आरोप लगाएः

महावीर दिगम्बर जैन मन्दिरका ट्रस्टी आरजी शाहका अनुसार २९ सेप्टेम्बरमा परवटपाटियाको पुनर्निर्माणको कामका लागि २.९९ करोड भारुको टेन्डर परेको थियो । पीडितका पिताले शान्तिसागरसँग ४० प्रतिशत कमिशन मागेका थिए । नदिँदा छोरीमार्फत गलत आरोप लगाए । शान्तिसागरमाथि यसै मन्दिरमा बलात्कारको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप