बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

संजय दत्तकी छोरीले सेयर गरिन् बोल्ड तस्बिर

मङ्गलबार, ३१ असोज २०७४, १३ : ४२
मङ्गलबार, ३१ असोज २०७४

संजय दत्तकी छोरी त्रिशाला दत्तले केही दिन अघि बोल्ड तस्बिर सेयर गरेकी छिन् । त्रिशालाले यी फोटो आफ्नो इन्स्टाग्राममा सेयर गरेकी हुन् । फोटोमा विभिन्न ह्यासट्याग गरी आफू दुब्लाएको भनी जानकारी दिएकी छिन् ।

फेसन दुनियाँमा संघर्षरतः

संजय दत्त र उनकी पहिलो श्रीमती ऋचा शर्माकी छोरी त्रिशाला अहिले फेसन जगतमा संघर्ष गरिरहेकी छिन् । सन् २०१४ मा उनले आफ्नो पहिलो ड्रिम ट्रेसेज एक्सटेन्सन लाइन सुरु गरेकी थिइन् । उनले न्यूयार्कको जोन जे कलेजमा क्रिमिनल जस्टिसबाट कानूनमा ग्रेजुएशन पनि गरिसकेकी छिन् । स्मरण रहोस्, संजय दत्त र ऋिचा शर्माले सन् १९८७ मा विवाह गरेका थिए । त्रिशालाको जन्म सन् १९८८ मा भएको थियो । ऋचालाई ब्रेन ट्युमर थियो जसका कारण उनको डिसेम्बर १० तारिख सन् १९९६ मा मृत्यु भयो । आमाको मृत्युपछि त्रिशाला न्यूयोर्कमा आफ्नी फूपू एनासँग बस्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप