शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अर्का बिग बस प्रतिस्पर्धीको दाबीः सलमान खान नामर्द हुन् यसकारण विवाह भइरहेको छैन

मङ्गलबार, ३१ असोज २०७४, १६ : १५
मङ्गलबार, ३१ असोज २०७४

बिग बसको घरबाट पहिलो हप्ता नै बेघर भएका जुबैर खान घरबाट निस्किएलगत्तै सलमानविरुद्ध निकै बोलिरहेका छन् । एक भारतीय मिडियासँगको कुराकानीमा जुबैरले सलमानबारे अनेकौं नकारात्मक टिप्पणी गरेका छन् । जुबैरका अनुसार अब उनले सलमानको पछिल्ला १५ वर्षका सबै मुद्दा पुनः खुलाउनेछन् । सलमानको विवाहबारे जुबैरले उनी नामर्द भएकाले उनको अहिलेसम्म विवाह हुन नसकेको दाबी गरेका छन् ।

जुबैरले भने, ‘अब मैले सलमानको दिमागसँग पूर्ण रुपमा खेल्ने तयारी गरिसकेको छु । पछिल्लो एक हप्तादेखि उनका सबै केसको छानबीन गरिरहेको थिएँ । अब म एकएक गरी सलमानको सबै केस खोल्नेछु । म यति धेरै मुद्दा हाल्नेछु कि उनी आफैं चकित पर्नेछन् । मैले यति धेरै हल्ला गरेपछि सलमान र कलर्स च्यानल डरायो र आफ्नो वेबसाइटबाट उनीहरुले ती सबै भिडियो हटाइदिएका छन् जसमा सलमानले मलाई ‘नल्ला डन’ र ‘कुकुर’ भनेका थिए ।’

जुबेर थप्छन्, ‘भिडियो हटाउनको अर्थ यो हो कि मजस्तो एक साधारण मानिसले चाहेको खण्डमा ठूला मानिसहरुलाई पनि तर्साएर राख्नसक्छ । साधारण व्यक्तिको ताकतलाई कम गरेर आँकलन गरिनुहुँदैन ।’

जुबैर भन्छन्, ‘मैले यदि चाहेको खण्डमा यी सबै कुरा बिग बसको शोमा पनि बोलेर बाहिर निस्कन्थे तर मलाई यो थाहा थियो कि यदि मैले कार्यक्रममा सलमानविरुद्ध केही बोलें भने फुटेज इडिट हुन्थ्यो, त्यसकारण मैले दिमागले काम गरें र जे भन्नु थियो बाहिर आएर भने । अब सलमानमा आँट छ भने ममाथि लगाएको सबै आरोपको जवाफ दिउन् । यसबारे केही पनि भन्ने उनीसँग आँट छैन ।’

सलमान आफ्नो कुरा अगाडि बढाउँदै भन्छन्, ‘सलमान नामर्द हुन् । यसकारण उनको विवाह भइरहेको छैन । म सलमानलाई अदालत पुर्याउँछु, उनको सबै वास्तविकता संसारसामू ल्याउनेछु । जबसम्म सलमानलाई जेलमा पुर्याउँदिन तबसम्म सुखको सास फेर्दिनँ । अब मसँग कुनै काम धन्दा छैन । म यतिबेला सलमानविरुद्ध मात्र काम गरिरहेको छु ।’

यसअघि बिग बसकै प्रतिस्पर्धी स्वामी ओमले पनि सलमान खान नामर्द भएकाले विवाह हुन नसकेको बताएका थिए । 

जुबैरले भने, ‘अब जब सलमानको फिल्म ‘टाइगर जिन्दा हे’ आउनेछ तब म कानूनी कारवाही सुरु गर्नेछु । यो धम्की होइन । मेरो बेइज्जत गरेर उनले मलाई आत्महत्या गर्नका लागि उक्साएका थिए । म म उनलाई बाँच्न दिन्नँ । सलमानको केसमा जो व्यक्तिले अहिलेसम्म न्याय पाएका छैनन्, मैले उनीहरु सबैलाई जोडेर एक ह्वाट्सएप समूह पनि बनाएको छु ।’

जुबैर भन्छन्, ‘म जे गरिरहेको छु त्यो खुलेआम गरिरहेको छु । कसैलाई तर्साउदिनँ । मलाई कराँचीमा बसिरहेका सलमानका बाउ दाउद इब्राहिमको तर्फबाट मुद्दा फिर्ता लिन दिनदिनै फोन आउँछ । अहिलेसम्म दाउदका मानिसहरुले मलाई ४० पटक फोन गरिसकेका छन् । मैले सबै फोनको रेकर्ड पुलिसलाई सुम्पिएको छु । पुलिसले यसबारे अनुसन्धान गरिरहेको छ ।’

जुबैर भन्छन्, ‘हिजडा सलमान खानले कार्यक्रममा मेरो नाम जुबी बे्बी राखेका थिए । जसका कारण मेरो घरका बच्चाहरुलाई उनको स्कूलमा जिस्काइँदै छ । म यो हिजडाको ब्यान्ड पक्कै बजाउँछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप