शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए अमेरिकाको अध्यक्षमा सुवेदी विजयी

सोमबार, १७ जेठ २०७८, १२ : १७
सोमबार, १७ जेठ २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदी विजयी भएका छन् । सुवेदी आफ्ना ३ प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्षमा विजयी भएका छन् ।

शनिबार र आइतबार भएको मतदानमा कुल २०१३८ मतदाता रहेकोमा १५७६८ ले मतदान गरेका थिए । सुवेदीले कुल मतको ३६ प्रतिशत ल्याएका छन् । उनी ५ हजार ६ सय १८ मत ल्याई विजयी भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी कृष्ण लामिछानेले ५ हजार २ सय ६८ मत ल्याएका छन् भने डा अर्जुन बञ्जाडेले ४ हजार १ सय भोट ४८ मत ल्याए । यसैगरी ५६७ मत ल्याई तिलक केसी चौथो स्थानमा सीमित भए । ​


मे २९, २०२१ को बिहान ८ बजे अमेरिकी पूर्वीय समयमा सुरु भएको निर्वाचन मे ३०, २०२१ को राति ११:५९ पूर्वीय समयमा समाप्त भएको थियो । मे २९ र मे ३० का दिन विधुतीय प्रणालीबाट मतदान हुँदा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी बुद्धि सागर सुवेदी आफ्ना ३ प्रतिस्पर्धीलाई पछि पर्दै २०२१-२०२३ का लागि अध्यक्ष पदमा विजयी हासिल गरेका छन् ।

यसैगरी  वरिष्ठ उपाध्यक्षमा कृष्ण जीबी पन्त विजयी भएका छन् । पन्त कृष्ण लामिछाने समूहका हुन् भने उ नी वर्तमान उपाध्यक्ष हुन् । पन्तले २०१९-२०२१ मा उपाध्यक्ष पदमा विजयी हुँदा सर्वाधिक मत प्राप्त गरेका थिए ।

गत शनिवार र आइतवार भएको मतदानमा ७८ दशमलव ३२ प्रतिशत मतदान भएको थियो । मतदानका लागि कुल २०,१३९ मतदाता रहेकोमा १५,७६८ ले मतदान गरेका थिए । सुवेदीले ५ हजार ६ सय १८ मत ल्याई विजयी भएका छन् भने कृष्ण लामिछानेले ५ हजार २ सय ६८ मत ल्याई दोस्रो स्थान भएका छन् ।

यसै गरी तेस्रो स्थानमा डा अर्जुन बञ्जाडे रहेका छन् भने उनले ४ हजार १ सय भोट ४८ मत ल्याएका छन् । यसैगरी ५६७ मत ल्याई तिलक केसी चौथो स्थानमा परेका छन् । एनआरएनए अमेरिकाको निर्वाचनमा १५ हजार ७ सय ६८ भोट खसेको छ भने कुल मत २० हजार १ सय ३८ रहेको थियो ।

निर्वाचन आयोगले दिएको आधिकारिक जानकारी अनुसार कूल २०,१३९ मतदाता रहेका थिए । त्यसमध्ये १५,७६८ अर्थात ७८.३२% मत खसेको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका २०२१ का बिजयी उम्मेदवारहरुहरुमा अध्यक्षमा-बुद्धिसागर सुवेदी तथा बरिष्ठ उपाध्यक्षमा-कृष्ण जीबी पन्त बिजयी भएका छन् ।

यसै गरी उपाध्यक्षहरुमा गोपेन्द्र भट्टराई,सुमन थापा,डिलु पराजुली र बिकास राज उप्रेती विजयी भएका छन । त्यस्तै महिलातर्फ उपाध्यक्षमा दीक्षा बस्नेत बिजयी भएकी छिन् ।

महासचिवमा अन्जन कुमार चौलागाई,सचिवमा अनुप खनाल,महिला तर्फ सचिवमा सुनिता कंडेल (महिला तर्फ),कोषाध्यक्षमा राजीव श्रेष्ठ तथा सह कोषाध्यक्षमा अग्नि ढकाल बिजयी भएका छन् । त्यस्तै, महिला संयोजकमा सुन्दरी गुरुङ,युवा संयोजकमा त्रिभुवन पाण्डे विजयी भएका छन् ।

प्रवक्ता पद रिक्त रहेको छ भने पछि मनोनित हुनेछ । संचालक समिति सदस्य(बोर्ड अफ डाइरेक्टर)मा चिकित्सक प्रकाश श्रेष्ठ, बिशाल राना, बाला घिमिरे, डोलनाथ घिमिरे, प्रल्हाद सापकोटा, ज्ञानेन्द्र गुरुङ सन्तोष पहारी, आशिष संग्रौला, शान्ति पौडेल, बिश्व राज बास्तोला , दुर्गेश कार्की तथा राज ढुंगाना विजयी भएका छन् ।

अमेरिकाको तर्फबाट अन्तराष्ट्रिय परिषद सदस्यहरुमा अमृत सापकोटा,संजीव कुमार श्रेष्ठ, बिन्दु निरौला, सुरेन्द्र मल्ल,संजय थापा, गोविन्द सुबेदी, नारायण कंडेल बिनोद तिवारी तथा बिष्णु शाह विजयी भएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप