शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोल्डस्टार जुत्ताको पहिलो आधिकारिक सोरुम सिभिल मल र जमलमा

मङ्गलबार, ३१ असोज २०७४, १७ : १८
मङ्गलबार, ३१ असोज २०७४

काठमाडौं–गोल्डस्टार जुत्ताको आधिकारीक उत्पादक  किरण सुज म्यानुफ्याक्चररले आफनो पहिलो सोरुम, सुन्धारा स्थित सिभिल मल तथा फ्रयानचाईज सोरुम, जमल स्थित ज्योती मल नजिक उद्घाटन गरेको छ ।

सिभिल मल स्थित सोरुम र जमल स्थित फ्रयानचाईज सोरुम, गोल्डस्टार जुत्ताको देशकै पहिलो आधिकारिक सोरुम भएको बताइएको छ । 

सो सोरुमले बजारमा उपलब्ध सबै थरिका जुत्ताहरु समाबेस गर्नुका साथै प्रसिद्ध हात्ती छाप चप्पल पनि बिक्री वितरणका लागि उपलब्ध गर्ने कम्पनीले जनाएको छ ।

सिभिल मल स्थित सोरुम चौथौँ तलामा अवस्थित छ भने  जमल स्थित फ्रयानचाईज सोरुम, ज्योति मल नजिकै अवस्थित छ ।

कम्पनीका बजार निर्देशक वीदुशी राणाले , ग्राहकवर्गको बढदो माग र ब्राण्डको लोकप्रियतालाई मध्यनजर गर्दै कम्पनीले भर्खरै नयाँ सोरुमहरु सञ्चालनमा ल्याएको जानकारी दिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप