शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘ये रिश्ता’ बाट चर्चा कमाएका अभिनेता करण मेहरा पक्राउ

मङ्गलबार, १८ जेठ २०७८, ११ : ५८
मङ्गलबार, १८ जेठ २०७८

‘ये रिश्ता क्या कहलाता है’ मा नैतिक सिंघानियाको भूमिका निभाएर चर्चित भएका अभिनेता करण मेहरालाई प्रहरीले सोमबार राती पक्राउ गरेको छ । करणकी श्रीमती तथा नायिका निशा रावलले विवादपछि गोरेगांव एरियामा करणविरुद्ध ऊजुरी दर्ता गरेकी छिन् । मुम्बई प्रहरीका अनुसार मुद्दा दर्ता भएको छ ।

समाचार एजेन्सी एएनआईले ट्वीट गरेर यसको जानकारी दिएको हो ।

वैवाहिक जीवन खटपट भएको बारे आएको थियो खबरः

केही दिन अघि निशा र करणको वैवाहिक जीवनमा खटपट भएको भन्ने खबर आएको थियो । यद्यपि, निशा रावलले यस्तो खबरलाई ठाडै अस्वीकार गरेकी थिइन् । निशाले यसमा केही पनि वास्तविकता नभएको बताएकी थिइन् । निशा र करण सन् २०१२ मा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरुका एक छोरा पनि छन् । निशा सोसल मिडियामा धेरैजसो छोरासँग भिडियो र फोटो सेयर गरिरहन्छिन् । करण र निशाको जोडीलाई प्रशंसकले निकै मन पराउँछन् ।

कामको कुरा गर्नु पर्दा ‘ये रिश्ता क्या कहलाता है’ मा करण सात वर्षसम्म मुख्य भूमिकामा देखिएका थिए । उनले नैतिक सिंघानियाको भूमिका निभाएका थिए । शोमा हिना खान अपोजिट रोलमा थिए । करण मेहरा शोबाट निकै हिट भएका थिए । हाल यो शोमा मोहसिन खान र शिवांगी जोशी मुख्य भूमिका निभाइरहेका छन् । करणले बिग बस १० मा पनि भाग लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप