शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्रीको आरोपमाथि बोले प्रधानमन्त्री देउवा

मङ्गलबार, ३१ असोज २०७४, १७ : ४२
मङ्गलबार, ३१ असोज २०७४

काठमाडौं– गृहमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सार्न लागेको अभिव्यक्ति दिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको निर्वाचन सार्ने कुनै मनसाय नभएको भन्दै आफ्नो बचाउ गरेका छन् । 

बालुवाटारमा मंगलबार अपरान्ह बसेको कांग्रेसको संसदीय बोर्डको बैठकमा प्रधानमन्त्री देउवाले सरकारको निर्वाचन सार्ने कुनै  योजना र मनसाय नभएको बताएको नेता अर्जुननरसिंह केसीले रातोपाटीलाई बताए । 

केसीका अनुसार बोर्ड बैठककमा प्रधानमन्त्री देउवाले माओवादीका मन्त्रीले सरकार छाड्ने विषयलाई रणनीतिक विषय बनाएको पनि बताएका थिए । देउवाले बैठकमा भनेका थिए –‘हामीसँगको कुराकानीमा माओवादीले छाड्ने नै बताएका थिए तर, पछि उनिहरुले यसलाई रणनीतिक विषय बनाए ।’ 

गृहमन्त्री शर्माले मंगलबार मन्त्रालयमै पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीले निर्वाचन सार्ने सूचना निर्वाचन आयोगबाट थाहा पाएपछि तत्काल आफुहरु सरकार नछाडने निर्णयमा पुगेको बताएका थिए । सो अवसरमा गृहमन्त्री शर्माले आफुले निर्वाचन सार्ने सूचना पाएपछि सरकारबाट नहट्ने निर्णय गरेको बताएका थिए । 

कांग्रेस बैठकमा सरकारको मनसाय निर्वाचन सार्ने नभएपनि अदालतले गर्ने कुनैपनि निर्णय बाध्यकारी हुने भएकाले यदि त्यस्तो निर्णय आए त्यो सवैलाई बाध्यकारी हुने र प्राविधिक मात्र हुने भएकाले सरकार त्यसवारे जवाफदेही नहुने विषयमा समेत छलफल भएको थियो । 

यसअघि प्रदेश र प्रतिनिधिसभाको मतपत्र एउटै भएको लगायतका १० वटा विषयलाई लिएर राजपा नेता सवेन्द्र नाथ शुक्लाले रिट दायर गरेका थिए । यसैलाई आधार बनाएर मंसिरको निर्वाचन सार्न सरकारले चलखेल गरेको माओवादीले जनाएको छ । 

यसैवीच बैठकमा कांग्रेस नेतृत्वको गठबन्धनमा रहेका दलहरुलाई निर्वाचनमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएपनि निर्णय भैनसकेको नेता केसीले बताए । उनले नयाँ शक्तिले गठबन्धन परिवर्तन गरेर कांग्रेसमा आएपछि उसले मागेको १५ सिटसंख्याबारे सामान्य छलफल भएपनि भटराईलाई कति सिट दिने भन्नेमा निर्णय भइनसकेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप