मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवाको एक्सनः माओवादी मन्त्रीहरुलाई विना विभागीय बनाइयो (सूचीसहित)

मङ्गलबार, ३१ असोज २०७४, १८ : १०
मङ्गलबार, ३१ असोज २०७४

काठमाडौं– ठूलो रस्साकस्सीपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई जिम्मेवारीबाट हटाएर चुनौती दिएका छन् । 

विनाविभागीय बनाउने चेतावनी दिएपछि माओवादीले मंगलबार दिउँसो मात्रै सरकार नछाड्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले मन्त्रालय हेरफेर गर्दै माओवादी मन्त्रीहरुलाई जिम्मेवारीबाट हटाएका छन् । 

दुई दिनअघि मात्रै सरकारमा भित्र्याएका राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानसहित ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री देउवाले माओवादी मन्त्री रहेका गृह, परराष्ट्र मन्त्रीसहित पशुपंक्षी विकास, विज्ञान तथा प्रविधि, शान्ति तथा पुनःनिर्माण र सामान्य प्रशासन मन्त्रालय आफैले राखेका छन् ।

यस्तै, पछिल्लो पटक मन्त्रिपरिषद् विस्तार गरेका राप्रपाका यसअघि माओवादी मन्त्रीको जिम्मेवारी दिइएको छ । मन्त्री हेरफेरअनुसार राप्रपाका जयन्त चन्दलाई आपूर्ति मन्त्रालय दिइएको छ भने दिलनाथ गिरीलाई शहरी विकास र विक्रमबहादुर थापालार्य महिला बालबालिका तथा समाजकल्याण मन्त्रीको जिम्मेवारी दिइएको छ । 

यस्तै, कुन्ती शाहीलाई शरी विकास राज्यमन्त्री, भाष्कर भद्रालाई ऊर्जा राज्य, कान्ता भट्टराईलाई महिला बालबालिका राज्यमन्त्री र सुशीलकुमार श्रेष्ठलाई आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको छ । 



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप