बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

क्रिकेटको उपाधी रत्न युथ क्लबले उचाल्यो

मङ्गलबार, ३१ असोज २०७४, १९ : २१
मङ्गलबार, ३१ असोज २०७४

मोरङ – पथरी शनिश्चरे मोरङ स्थित वीरेन्द्रनगर क्रिकेट क्लबले आयोजना गरेको पूर्वाञ्चल स्तरीय सातौं वीरेन्द्रनगर च्यालेन्ज कप क्रिकेटको उपाधि रत्न युथ क्लब पथरीले उचालेको छ । 

आज(मंगलबार) सम्पन्न फाइनल खेलमा पथरी शनिश्चरे ११ लाई ६४ रनको अन्तरले पराजित गर्दै रत्नले उपाधि जितेको हो । 

रत्न युथ क्लबले पथरी शनिश्चरे—११ लाई १ सय २१ रनको चुनौति दिएको थियो । टस हारेर ब्याटिङ पाएका रत्न युथ क्लबले १९ दशमलब १ ओभरमा अल आउट हुँदै १ सय २० रनको योगफल तयार पारेको थियो । रत्नका लागि रोनित सिंहले २७ र अमृत सिंहले २२ रन बनाएका थिए । रत्न युथ क्लवका लागि मेहबुब आलम, विजेन्द्र झा, अमृत सिंह र प्रवेश कामतीले २÷२ विकेट लिए । 

पथरी शनिश्चरे ११ का लागि राकेश दाहालले १६ र राजु राईले १३ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।  पथरी शनिश्चरेले १३ दशमलब ४ ओभरमा मात्र ५६ रनमा थन्किएको थियो । पथरी शनिश्चरे ११ का सुमन इजम लिम्बु र संकर भुजेलले समान ३÷३ विकेट लिए । 

उपाधिसँगै रत्न युथ क्लबले नगद ५१ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेता पथरीशनिश्चरे ११ ले नगद ३१ हजार लगायतको पुरस्कार प्राप्त गरे ।

फाइनल खेलको म्यान अफ द म्याच बिजेता रत्न युथका अमृत सिंह घोषित भए । त्यस्तै, म्यान अफ द सिरिज घोषित तथा वेष्ट व्याट्सम्यान भएका रत्नकै निरितिया खडोलियाले १० हजार रुपैयाँ बराबरको मोबाईल प्राप्त गरे ।

प्रतियोगिताको वेष्ट वलर उपविजेता पथरी शनिश्चरे ११ का सुमन इजमलिम्बु र वेष्ट फिल्डर आयोजक वीरेन्द्रनगर क्रिकेट क्लबका विवेक कोइराला घोषित भए ।

असोज १९ गतेबाट संचालन भएको प्रतियोगितामा पूर्वाञ्चलका १९ टोलीको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप