सिटिजन लाइफको ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत ‘अनलाइन बीमा दाबी’ सेवा शुरु
बुधबार, १९ जेठ २०७८, १९ : २६
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत ‘अनलाइन बीमा दाबी’ सेवाको शुरुवात गरेको छ ।
यस सुविधा मार्फत अबदेखि सेवाग्राही/बीमितले बीमा दावी गर्नको लागि कम्पनीको कार्यालयमा नै गइराख्नु पर्दैन । इन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बीमा दावी प्रकृया पुरा गर्न सकिन्छ । कम्पनीको वेबसाइटमा रहेको अभिकर्ताको पोर्टल खोली अनलाइनबाट दावी सम्वन्धि आवश्यक कागजपत्र अपलोड गरी सजिलै दावी प्रकृया अगाडी बढाउन सकिने कम्पनीले जनाएको छ ।
सबै कुरा अटोमेटिक सिस्टममा अद्यावधिक हुने हुनाले यो सेवाले समयको बचत हुनुका साथै दाबीसँग सम्बन्धित विवरण पेश गर्ने प्रकृया चाडो हुने र जसले गर्दा बीमा दाबी भुक्तानी कार्य सहज हुने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा चक्कु प्रहारबाट ४ जनाको मृत्यु, ५ घाइते
-
प्रदेश सिट बाँडफाँट निष्कर्षमा पुगेको छैन : उपमहासचिव ज्ञवाली
-
हाम्रो नेपाली पार्टीका अध्यक्षको आरोप– हाम्रो सांसद अपहरण गरियो
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
रुसमा श्रम स्वीकृति खुला गर्ने निर्णय
-
राष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणा