कुकुर बचाउन भालुसँग भिडिन् १७ वर्षे किशोरी
१७ वर्षकी एक किशोरीले भालुलाई धकेल्दै गरेको भिडियो अहिले भाइरल भइरहेको छ । अमेरिकाको क्यालिफोर्नियाकी यी किशोरीको नाम हेली मोरिसियो हो । उनले आफ्ना कुकुरलाई जोगाउन भालुलाई पर्खालबाट धकेलेकी हुन् ।
भिडियो फुटेजमा देखाएअनुसार पर्खालमा दिउँसो २ बजेर ३० मिनेट जाँदा एउटा भालु आफ्ना दुई डमरुसँगै हिँडिरहेको छ । त्यसपछि किशोरीले पालेका तीनवटा कुकुरहरू भुक्न थाल्छन् ।
यही समय केही पर किशोरीका आमा–बाबु बगैँचामा काम गरिरहेका थिए ।
कुकुर भुकेको सुन्ना साथ जंगली भालु लखेट्नका लागि यी किशोरी अघि सरेकी छिन् । ‘म उनीहरु किन भुकिरहेका छन् भन्ने हेर्नका लागि आएको थिएँ र त्यहाँ एउटा जंगली भालुले मेरो कुकुर भ्यालेन्टिनालाई समात्न थालेको थियो । त्यो बच्चा कुकुर हो, त्यसकारण म उसलाई जोगाउन अघि सरें,’ हेलीले भनिन्, ‘र मैले भालुलाई पर्खालबाट धकेल्नु पर्छ भन्ने ठाने ।’ हेलीले धकेलेपछि भालु पर्खालबाट लडेको भिडियोमा देखिन्छ । त्यसपछि कुकुरलाई च्यापेर हेली भागिन्, आत्तिएको भालु पनि फर्किएर आएन ।
हेलीकी आमा सिटलाली मोरिनिसोले फेसबुकमा भिडियो पोस्ट गर्दै ‘यसलाई आफ्नो जीवनकै डरलाग्दो क्षण’ भनिन् ।
क्यालिफोर्नियाको सान ग्राबियल उपत्यकास्थित ब्राडबरीमा यो परिवार गत फेब्रुअरीदेखि बस्दै आएको छ । भालु वा अन्य जंगली जनावर यसअघि पनि आफुहरुले यस क्षेत्रमा देख्दै आएको उनीहरुले बताएका छन् । आमा सिटाली मोरिनिसोका अनुसार छरछिमेकमा सातामा दुई वा तीनपटक भालु देखिने गरिएको छ ।
तर, यति नजिकबाट यो परिवारले जंगली भालुको सामना गरेको यो पहिलो अवसर हो । आफुले गरेजस्तो काम नगर्न हेलीले अरुलाई अनुरोध गरेकी छिन् । ‘भालुलाई नधकेल्नुस् । मैले जस्तो नगर्नुस्, तपाईलाई फरक नतिजा आउनसक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ : नेता पौडेल
-
क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
-
गाजाका जनतालाई दिएको समर्थनबारे मलाला यूसुफजाइको स्पष्टीकरण
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल