शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लिभरपुलको किर्तिमानी गोलको वर्षा, रियल रोकियो

बुधबार, ०१ कात्तिक २०७४, ११ : ०७
बुधबार, ०१ कात्तिक २०७४

लण्डन । लिभरपुलले स्लोभेनियाको एनके मारिबोरलाई ७–० को विशाल अन्तरले हराउँदै च्याम्पियन्स लिगमा नयाँ किर्तिमान बनाएको छ । 

कुनै पनि इंग्लिस टोलीले युरोपियन कपको इतिहासमा घरेलु मैदानबाहिर हासिल गरेको यो सबैभन्दा ठूलो जीत हो ।

यसअघि सन् १९६९ मा लिड्सले नर्वेजियन्स लिन र सन् १९५७ मा युनाइटेडले सामरक रोभर्सलाई ६–० गोलअन्तरले हराएको थियो ।

समूह ईमा रहेको लिभरपुल जीतसँगै गोल अन्तरको आधारमा शीर्ष स्थानमा उक्लेको छ ।

लिभरपुललाई जीत दिलाउन रोबर्टो फर्मिन्हो र मोहमद सलाहले दुई–दुई गोल गरे भने फिलिपे काउन्टिन्हो, एलेक्स ओक्सालेड च्याम्बर्लिन र ट्रेन्ट अलेक्सान्डर आर्नोल्डले एक–एक गोल गरे ।

समूहकै अन्य खेलमा स्पार्टाक मस्कोले सेभियालाई ५–१ को गोलअन्तरले पराजित गर्यो ।

उता, समूह एचमा रियल म्याड्रिड टोटनहम हटस्पर्ससँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

रियल म्याड्रिडको घरेलु मैदानमा टोटनहमले पहिलो पटक गोल गरेको हो ।

स्यान्टियागो बर्नेबाउमा रियल खेलको २८ औँ मिनेटमा रफायल भरानको आत्मघाती गोलको कारण पछि परेको थियो ।

तर, डिफेन्डिङ च्याम्पियनका लागि क्रिस्टियानो रोनाल्डोले खेलको ४३ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि दुवै टोलीले गोलका थुप्रै प्रयास गरे पनि गोल गर्न सकेनन् । स्पर्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले रियलका थुप्रै प्रयासलाई विफल बनाएका थिए ।

बराबरीपछि अवे गोलको आधारमा टोटनहम म्याड्रिडभन्दा अघि समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

समूहकै अर्को खेलमा बोरुसिया डर्टमण्ड पनि एपोएल निकोसियासँग १–१ को बराबरीमा रोकियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप