कोभिड–१९ राहत कार्यका लागि राष्ट्रिय आविस्कार केन्द्रसँग सहकार्य गर्दै ब्रिटिश कलेज
काठमाडौं । द ब्रिटिश कलेज र राष्ट्रिय आविस्कार केन्द्र (नेशनल इनोभेशन सेन्टर) ले संयुक्त रुपमा कोरोना महामारीविरुद्ध लड्न नयाँ सामाजिक कल्याण सहयोगको घोषणा गरेका छन् । दुवै संस्थाले संयुक्त रुपमा मिलेर नेपालको वर्तमान संकटको अवस्थामा सहयोगको निम्ती नेशनल इनोभेशन सेन्टरलाई थप उर्जाशिल बनाउन र राहतकार्यलाई अझ सुदृढ पार्नको लागि एक परियोजना अगाडि बढाउने भएका छन् ।
कलेजका निर्देशक महेन्द्र राज कँडेलले नेशनल इनोवेशन सेन्टरसँग साझेदारी गर्न पाउँदा खुसी लागेको बताए । उनले ब्रिटिश कलेजले लामो समयदेखि यस्ता प्रकारको साझेदारी र सामाजिक कार्यहरू गर्दै आएको र कोभिड १९ विरूद्ध लड्न यसले धेरै सहयोगी भूमिका खेल्ने बताए।
सामूहिक रूपमा, टीबीसी र एनआइसीले कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामाग्रीहरु वितरण गर्ने लक्ष्य राखेको छ ।
यो संकटको समयमा आम मानिसलाई आवश्यक सेवाहरू प्रदान गरिने बताइएको छ । यसका लागि टीबीसीले राष्ट्रिय आविस्कार केन्द्रलाई अनुदान दिनेछ । यो उद्देश्य प्राप्तिका लागि एनआइसीले सांगठनिक र व्यक्तिगत रुपमा निरन्तर अनुसन्धान गर्दै योगदान गर्ने जनाउको छ ।
कोभिड राहतको क्षेत्रमा नयाँ घटनाक्रमको बारेमा अनुसन्धान गर्ने, फ्रन्टलाइन खटेर काम गर्नेहरूलाई सहयोग पु¥याउन सुरक्षात्मक उपकरण विकास गर्ने, र भेन्टिलेटरजस्ता सान्दर्भिक चिकित्सा उपकरणहरू मर्मत गर्ने र ल्याउने कामलाई सञ्चालनमा ल्याउने पनि कलेजले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी