शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फूलै फूलको पर्व (फोटोफिचर)

बुधबार, ०१ कात्तिक २०७४, १४ : १२
बुधबार, ०१ कात्तिक २०७४

काठमाडौं– तिहारलाई फूलहरुको पर्व भनिन्छ  । त्यसैले त तिहारमा फूलको माग अत्याधिक हुने गर्छ । विशेषगरी तिहारको लागि  सयपत्री, मखमली, गोदावरी जस्ता फूलको माग हुन्छ । 


 

तिहारको रौनकसँगै राजधानीका विभिन्न स्थानहरुमा फूल विक्रिका लागि राखिएको छ । 

  यसो त यतिबेला तिहारको लागि झिलिमिलि बत्ती किन्नेदेखि पुजापाठका सामग्री, माला र भाईटीकाकालागि चाहिने आवश्यक सामग्रीलगायत किन्न यतिबेला

राजधानी व्यापारिक स्थानहरुमा  उपभोक्ताको चहलपहल बढेको देखिन्छ । 

खासगरी राजधानीको असन, इन्द्रचोक, न्यूरोड, बानेश्वर, कालिमाटी लगायतका स्थानहरुमा उपभोक्ताको भिडभाड देखिन्छ । 


यसवर्ष  भाइटिका  कात्तिक ४ गते  परेको छ । सो दिन  दिदीबहिनीबाट दाजुभाइलाई दीर्घायु र सुखशान्तिको कामना गर्दै टीका लगाइन्छ  । जसलाई भाइटीका भनिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप