बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फिफाको मेक्सिकोलाई चेतावनी

शुक्रबार, ०९ असार २०७४, १२ : ४६
शुक्रबार, ०९ असार २०७४

मस्को – रुसमा जारी कन्फेडेरेसन्स कप फुटबल प्रतियोगिताका क्रममा फुटबल समर्थकहरुले जातीय विभेद झल्कने नाराबाजी लगाएको आरोपमा विश्व फुटबल महासंघ फिफाले मेक्सिकोलाई आगामी दिनमा यस्तो नगर्न चेतावनी दिएको छ । 


गत आईतबार पोर्चुगलसँग २–२ गोल अन्तरको बराबरी खेल्ने दौरान मेक्सिकोका समर्थकहरुले त्यस्तो नाराबाजी गरेको फिफाको आरोप छ ।


फुटबलमा कुनै पनि विभेद मान्य नहुने भनि फिफाले असन्तुष्टि जारी गरेको छ । जातीय विभेद र रगंभेद जस्ता कार्य रोक्न फिफाले अनुगमन गर्दै आइरहेको छ । 
यो भन्दा अघि पनि फिफाले मेक्सिको फुटबल महासघंलाई आठपटक कारबाही गरिसकेको छ । 


तर मेक्सिकोका प्रशिक्षक कार्लाेस ओसोरियोले भने समर्थकहरुले विभेदपूर्ण नाराबाजी नलगाएको दाबी गरेका छन् । उनले मेक्सिकन फुटबल महासंघले फिफासँग पुनः एकपटक कुरा गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप