शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मस्तिष्क र हड्डीका लागि फाइदाजनक आँप

बुधबार, २६ जेठ २०७८, ०९ : ०३
बुधबार, २६ जेठ २०७८

फलफूलको राजा आँप बच्चादेखि बुढासम्मका व्यक्तिका लागि मनपर्ने फल हो । आँप स्वादमा मात्र होइन पोषक तत्वको भण्डार पनि हो । आँपको सेवनले धेरै प्रकारका रोगहरुबाट पनि बच्न सकिन्छ । आँपले “ह्यापी हर्मोन” उत्पादन गर्ने चिकित्सकहरु बताउँछन् । बच्चाहरु पनि आँप निकै मन पराउँछन् । ८ महिनाभन्दा बढीका बालबच्चालाई आँप खुवाउन सकिन्छ । आँपले बच्चाहरुको मानसिक विकास गर्नुका साथै पाचन तन्त्र पनि ठिक गराउँछ भने यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । 

१. दिमाग र हड्डीको विकास
आँपको सेवनले बच्चाको दिमाग र हड्डिहरुको विकास गर्छ । आँपमा थुप्रै प्रकारका पोषक तत्वहरु पाइन्छ । क्याल्शियम, बेटा क्यारोटिन, भिटामिन ए जस्ता तत्वहरुले बच्चाको हड्डीको छिटो वृद्धि विकास गराउँछ भने स्मरण शक्तिमा पनि वृद्धि गर्छ । 

२. तुरुन्त शक्ति प्राप्त गर्न 
बच्चाहरु धेरै चल्ने भएकाले उनीहरुमा शक्ति छिट्टो कम हुन्छ । त्यसैले तुरुन्त शक्ति प्राप्त गर्न आँपको सेवन गर्न सकिन्छ । भिटामिन सी र मिनरल्स जस्ता पदार्थहरु हुने भएकाले आँपले मांसपेशी र हड्डीको विकासका लागि रोकावट हुन दिँदैन । भिटामिन बी ६ र बी २ जस्ता तत्वका कारण बच्चाहरुलाई तुरुन्त शक्ति ल्याउनका लागि आँप खुवाउन सकिन्छ । 

३. आँखा र मुटु
मुटु र आँखाका लागि निकै फाइदाजनक मानिन्छ । भिटामिन ए हुने भएकाले आँखाको ज्योती पनि बढाउँछ । आँपमा हुने बायोकेमिकल्सले आँखा बिग्रिनबाट पनि बचाउँछ । पोटाशियम र म्याग्नेशियम पनि हुने भएकाले रक्तचाप पनि सन्तुलनमा ल्याउँछ । 

४. रोग प्रतिरोधात्मक क्षमता 
आँपमा भरपूर मात्रामा भिटामिन सी हुने भएकाले रोग प्रतिरोधात्मक क्षमता मजबुत गराउँछ । बाहिरी इन्फेक्सनबाट पनि बचाउँछ । भिटामिन ई र भिटामिन बी ६ हुने भएकाले आँपले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । 

५. पाचन तन्त्र मजबुत 
आँपमा प्राकृतिक कार्बोहाइड्रेट्स हुन्छ । जसले पाचन प्रक्रियालाई सक्रिय बनाउँछ । फाइबर र पोटासियम हुने भएकाले बच्चालाई फाइदा पनि गर्छ । डाइजेस्टिव एंजाइम्स हुने भएकाले पाचनसम्बन्धी समस्या टाढा बनाउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप