शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुरक्षा परिषद्को बैठक निर्वाचनको सुरक्षामा केन्द्रित

बुधबार, ०१ कात्तिक २०७४, १८ : २८
बुधबार, ०१ कात्तिक २०७४

काठमाडौँ – राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आसन्न संघ र प्रदेशको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको छ । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बुधबार बसेको परिषद्को बैठक आगामी मंसिर १० र २१ गतेका लागि निर्धारित निर्वाचनको सुरक्षामा केन्द्रित रहेको रक्षामन्त्री भीमसेनदास प्रधानले जानकारी दिए ।  

उनका अनुसार यसअघि स्थानीय तहको निर्वाचनमा प्रयोग गरिएको सुरक्षा विधिलाई अबको चुनावमा पनि प्रयोग गरिने भएको छ । 

बैठकमा देशभरको सुरक्षा अवस्था र सम्भावित सुरक्षा चुनौतीका बारेमा समेत छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, रक्षामन्त्री प्रधान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप