मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मेलिनाले ल्याइन् ‘गाइदेउन गीत ए कान्छा’

बुधबार, ०१ कात्तिक २०७४, १८ : ४४
बुधबार, ०१ कात्तिक २०७४

काठमाडौं – चर्चित गायिका मेलिना राइले शुभ दिपावलीको छेको पारेर ‘गाइदेउन गीत ए कान्छा’ बोलको नयाँ गीत ल्याएकी छन् । लोक आधुनिक शैलीमा तयार पारिएको गीत तथा गीतमाथी बनेको भिडियो राजाधानीमा एक कार्यक्रम गर्दै उनले सार्वजनिक गरेकी हुन् । 


सुन्दैमा नाचौँ नाचौँ लाग्ने गीतमा प्रमोद श्रेष्ठको शब्द तथा टंक बुढाथोकीको संगीत रहेको छ । गीतको आकर्षक भिडियो पनि बनेको छ । भिडियोमा केही कोरसका साथमा अस्मिता बुढाथोकीले मोडलिङ गरेकी छन् ।
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप