शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

थाई राजकुमारीलाई एकीकृत सुरक्षा पुर्याईने

बुधबार, ०१ कात्तिक २०७४, १८ : ५३
बुधबार, ०१ कात्तिक २०७४

बिन्दु कुमार चौहान 
लुम्बिनी– बिहीवार पहिलो पटक बुद्धजन्मस्थल लुम्बिनी आउन लागेकी थाई राजकुमारी महा चाक्री चेरिर्डोन लाई नेपाल सरकारले एकीकृत सुरक्षा   बिशेष सुरक्षा  पुर्याउने भएको छ । 


थाई राज परिवारका सदस्य समेत रहेकी थाई राजकुमारी चेरिर्डोनलाई बिशेष अतिथीको कोटिमा राखि राज्यले उनको लुम्बिनी आगमनका दिनदेखि फिर्ती सवारी नभएसम्म भरपर्दो एकीकृत  सुरक्षा प्रणाली मार्फत सुरक्षासेवा प्रदान गर्न लागिएको रुपन्देही प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी गराए । 


एकीकृत सुरक्षा प्रणालीलाई बुधवार भैरहवादेखि लुम्बिनीसम्म गरिएको परिक्षण पूर्णरुपमा सफल रहेको हुँदा थाई राजकुमारीलाई एकीकृत सुरक्षा प्रणाली मार्फत सातवटा सुरक्षा दस्ताद्वारा सुरक्षा सेवा पुर्याउने रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले बताए । 


थाई राजकुमारी सुरक्षार्थ नेपालीसेना,नेपालप्रहरी,सशस्त्रप्रहरी पर्यटनप्रहरी, ट्राफिक प्रहरी, दंगाप्रहरी, लुम्बिनी बिकास कोष सुरक्षागार्ड, फोरग्रुप समेतलाई युनीफाईड गरि एकीकृत सुरक्षा दिन लागिएको सुरक्षा स्रोतले जानकारी गराएको छ ।

 
यद्यपि धार्मिक पर्यटकीय स्थलमा एकीकृत सुरक्षा योजनाले पर्यटकहरुलाई केही साूस्ती ब्योहोर्नु पर्ने प्रहरीस्रोतको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप