शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बर्दिवास प्रहरीले पटाका नष्ट गर्याे

बुधबार, ०१ कात्तिक २०७४, १९ : २९
बुधबार, ०१ कात्तिक २०७४

निकेश खनाल

बर्दिवास – हिन्दुहरुको पर्व दिपावली र छठपर्व भित्रीएसंगै भारतीय सीमानाकाबाट ठूलो परिणाममा पटाका  महोत्तरीमा भित्र्नेक्रम जारी छ । विष्फोटक पर्दार्थ भित्रन र बिक्री वितरण गर्न नदिन प्रहरी सचेत रहेपनि नियन्त्रण हुन सकेको छ्रैन । यसैगरी बर्दिबास प्रहरीले महोत्तरीको बर्दिबासबाट बुधबार ठूलो परिणाममा पटाका तथा विष्फोटक पर्दार्थ बरामदगरी नष्ट गरेको छ ।

 प्रहरीले विशेष सुराकीको आधारमा बर्दिबास ८ हात्तीलेटका दिलिप कुमार यादवले बोकेर हिडेको २ वटा ठूलो झोला खानतलासी गर्दा झोलामा लुकाइ ल्याएको पटाका बर्दिबास बजारतिर ल्याउँदै गरेको अवस्थामा फेला पारेको छ । यसैगरी पटाका लुकाइ छिपाइ बिक्री गरेको अवस्थामा बर्दिबास बजारमा रहेको शम्भु सापकोटाको सापकोटा सप्लायर्सबाट २ बोरा पटाका बरामद गरेको छ ।

बरामद गरेको पटाका प्रहरी कार्यलयमा ल्याई पानी हालेर नष्ट गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले जानकारी  दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप