बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कटहरियाका मेयरले सडकमा ‘झाडु’ लगाए

बुधबार, ०१ कात्तिक २०७४, २० : ०७
बुधबार, ०१ कात्तिक २०७४

रौतहट– रौतहटको कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहा नगर सरसफाई अभियानमा सहभागी भएका छन् ।

हिन्दुुहरुको चाड तिहार र छठको अवसरमा बुधबार आयोजित नगरसफाइ अभियानमा मेयर कुशवाहा आफै ‘झाडु’ बोकेर नगर सहसफाइ अभियानमा सहभागी भएका हुन् । 

अभियानमा नगरका मेयरसँगै अन्य निर्वाचित पदाधिकारी, विद्यालयका शिक्षक, प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारी, स्थानीय प्रहरी र ब्यापारी तथा सञ्चारकर्मीले साथ दिएका थिए । कटहरिया नगरपालिका परिसरबाट सरसफाइ गरी पुुरै बजार सफाई गरिएको थियो । 

मुुखमा मास्क,हातमा गलोप्स, झाडुुु लिएर टोलीले कटहरियाको मुुख्य सडकदेखि तरकारी बजार, बौधी माईस्थान, प्राथमिक स्वास्थ्य केन्द्र भवन आसपास तथा इलाका प्रहरी कार्यालय अगाडि सफाई गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप