बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दुइ दिनमै १५ घरमा चोरी, सुरुङ नै खनेर नगद गरगहनादेखि लुगा कपडासम्म गायब

बुधबार, ०१ कात्तिक २०७४, २० : ४२
बुधबार, ०१ कात्तिक २०७४

रौतहट – चाडपर्वआएसँगै रौतहटमा चोर आंतंक फैलिएको छ । जिल्लाको विभिन्न क्षेत्रमा चारीका घटनाहरु बढेका छन् । दुुईदिन भित्रै १५ घरबाट लाखौं मुुल्य बराबरको  धनमाल लुटिएका छन् । 


 प्रहरीका अनुुसार मंगलवार राती गरुडा नगरपालिका वडा नम्बर ७ पिपरीयामा ४ घरमा सुुरुंग खनेर चोरी गरेको छ । सियाराम यादव, पहलाद पटेल, पनीलाल बैठा र सम्भुु पटेलको घरमा सुुरुंग खनेर करीव नगद, गरगहना तथा कपडा गरी दुुईलाख बराबरको धनमाल लुुटीलगेको प्रहरी निरिक्षक केशव रेग्मीले जानकारी दिनुु दिए ।


त्यसैगरी अघिलो राती चोरहरुले  सुुरुगं खनेर  नै मौलापुुर नपा १ मर्यादपुुर  स्थित ६ घरबाट ६ लाख बराबरको धनमाल लगेको पिडितले बताए ।
  त्यस्तै, चोरहरुले माधव नारायण नगरपालिकावडा नम्बर ७ लौकाहा टोल स्थित दुुई घरबाट सुुरुगं खनेर ३ लाख २५ हजार बराबरको नगद तथा गरगहना चोरी लगेको  छ ।


त्यस्तै, कटहरिया नगरपालिका वडा नम्बर ३ बिर्ति प्रस्टोकास्थित तीन घरमा सुुरुंग खनेर करिब एकलाख बराबरको धनमाल र तीनवटा साईकल चोरेर लगेको जिल्लाले जनाएको छ ।


गौरस्थित चोरीको घटनामा संलग्न केही चोरलाई प्रहरीले चोरीको सामान सहीत पक्राउ गरेको छ । उक्त घटनामा संलग्न  गरुडा नपा ७ पिपरियामा गएराती भएको चोरीमा संलग्न रहेको आशंकामा स्थानिय तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरिक्षक केशव रेग्मीले जानकारी दिए ।
   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप