बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एकता अस्वीकार गर्नेहरु धमाधम मैनालीको पार्टीबाट निस्कासित

बुधबार, ०१ कात्तिक २०७४, २० : ५४
बुधबार, ०१ कात्तिक २०७४

काठमाडौं– नेकपा मालेका महासचिव सीपी मैनालीले एमाले र माओवादीसँगको एकता अस्वीकार गर्ने पार्टीका नेता कार्यकर्तालाई धमाधम पार्टीबाट निस्कासित गरेका छन् ।

मैनालीको अध्यक्षतामा बुधबार बसेको पार्टीको स्थायी कमिटीको बैठकबाट पोलिटब्यूरो सदस्यद्वय नीलमणि बराल र अइन्द्रसुन्दर नेम्वाङ्ग तथा वैकल्पिक पोलिटब्यूरो सदस्य रोहित केसी र केन्द्रीय कमिटी सदस्य जे.पी. केरुङ्गलाई पार्टीबाट निस्कासित गरिएको हो । 

गुट र फुट परस्त कृयाकलापमा सक्रिय भएकोे भन्दै मंगलबार चार जनालाई निस्कासित गरिएपछि पनि फुट परस्त काम गरेको भन्दै थप चार जनालाई मैनालीले बुधबार थप चार जनालाई निस्कासित गरेका छन् । 

पार्टीको एकता विपरित गुटबन्दी र फुटपरस्त गतिविधिलाई निरन्तरता दिँदै आएको तथा पार्टी नेतृत्वसँग भएको सम्वादमा त्यस्ता गतिविधि तत्काल रोक्ने भनिए पनि गुटबन्दी र फुटपरस्तका कामहरुमा सक्रिय रहेको पाइएको सबै जिम्मेदारीबाट पदच्यूत गरी पार्टी सदस्यताबाट समेत निष्कासित गरेको मैनालीले बुधबार विज्ञप्ति मार्फत जनाएका छन् ।  

मंगलबार मात्रै मैनालीले पार्टीका पोलिटब्युरो सदस्यहरु हिक्मतबहादुर देउबा, गङ्गाप्रसाद चौधरी र विरेन्द्र थपलिया तथा केन्द्रीय सदस्य सीता महत देउबालाई एकता अस्वीकार गरेको भन्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासित गरेका थिए । 

अघिल्लो संसदमा पाँच केन्द्रीय सदस्य रहेको मालेको गएको स्थानीय तहको निर्वाचनमा शून्य नतिजा आएको थियो । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एक प्रत्यक्ष र तीन प्रतिशत मत ल्याउनुपर्ने गरी थ्रेस होल्ड कायम गरिएपछि मैनाली एमाले र माओवादीको एकतामा प्रक्रियामा सहभागी भएका छन् । मैनाली सत्तामा पुग्ने षड्यन्त्र गर्दै एमालेसँग नै टाँसिन पुगेको उनका असन्तुष्ट नेता कार्यकर्ताको आरोप छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप