बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको प्रवक्तामा थापा

बिहीबार, २७ जेठ २०७८, २२ : ३३
बिहीबार, २७ जेठ २०७८

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सरकारले प्रायः सञ्चारमन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेको छ । थापा आजै सञ्चारमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रधानमन्त्री ओलीले आजै  सात मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप