अनुपम खेरको ३६ घण्टामा कम भए ८० हजार फलोअर्स, ट्वीटरमाथि उठाए प्रश्न
बलिउडका दिग्गज नायक अनुपम खेर सोसल मिडियामा सबैभन्दा सक्रिय अभिनेतामध्ये हुन् । धेरैजसो उनी आफ्ना प्रशंसकसँग कुराकानी गरिरहन्छन्, भिडियो, फोटो सेयर गर्छन् । इन्स्टामा आफ्नी आमा दुलारीको भिडियो सेयर गरेर प्रशंसकलाई मनोरञ्जन प्रदान पनि गर्छन् । अब अनुपम खेरले दाबी गरेका छन् कि ट्वीटरमा ३६ घण्टामा उनका ८० हजार फलोअर्स घटेका छन् । उनले ट्वीटर इन्डियालाई यसको जानकारी दिएको छ ।
ट्वीटरमा घटे अनुपम खेरका फलोअर्सः
अनुपम खेरले ट्वीट गरेर लेखे, ‘डियर ट्वीटर र ट्वीटर इन्डिया ! पछिल्लो ३६ घण्टामा मेरा ८० हजार फलोअर्स घटेका छन् । के यो तपाईंको एप्लिकेशनमा कुनै खराबीका कारण भएको हो वा अरु केही नै हो ? यो मेरो विचार मात्रै हो कुनै असन्तुष्टि होइन ।’
Dear @Twitter and @TwitterIndia! I have 80,000 less followers in the last 36 hours! Is there a glitch in your app or something else is happening!! It is an observation. Not a complaint….. yet.:)
— Anupam Kher (@AnupamPKher) June 10, 2021
हाल अनुपमका ट्वीटरमा १८.७ मिलियन फलोअर्स छन् ।
अनुपम खेरको यो ट्वीटमा धेरैले रियाक्ट गरेका छन् । एक व्यक्तिले लेखे, ‘सर, के थाहा, पछिल्लो ३६ घण्टामा ८० हजार मानिसहरुले तपाईंलाई साँच्चै नै अनफलो गरेका होलान् । ’
अर्का एक प्रयोगकर्ताले लेखे, ‘बाँकी अन्य पनि गायब नहोला भन्न सकिन्नँ ।’
यस्तै, अर्का प्रयोगकर्ता लेख्छन्, ‘एक व्यक्तिले अनुपम खेरलाई मोदी जीसँग ट्वीटरमा ऊजुरी गर्नुहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ