शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरमा चट्याङ लागेर २ बालक घाइते

शुक्रबार, २८ जेठ २०७८, १९ : १७
शुक्रबार, २८ जेठ २०७८

जनकपुरधाममा चट्याङ लागेर २ बालक घाइते भएका छन्  । शुक्रबार वर्षासँगै परेको चट्याङबाट जनकपुरधाम उपमहानगरपालिका १ स्थित  पुलचोक बस्ने हकिम साफीका ११ वर्षीय छोरा रहान साफी र साबिक शेखका १२ वर्षीय छोरा शहीद शेख घाइते भएको धनुषा प्रहरीले जनाएको छ । 

जनकपुरधामको पुल्चोकस्थित रेल्वे स्टेशन नजिकै चट्याङ लागेर दुबै बालक घाइते भएको धनुषाको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।  पिपलको रुखमा चटयाङ खस्दा रुखमुनि खेलिरहेका दुई बालक घाइते भएका हुन् ।

घाइतेमध्ये रहान साफीको अवस्था गम्भीर रहेको धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक मिश्रले जानकारी दिए । घाइते दुबै बालकको स्थानीय रामजानकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप