वीरेन्द्रनगर नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने
वीरेन्द्रनगर नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । नगरपालिकाको कटकुवा स्वास्थ्य संस्थाको प्राङ्गणमा रिफिलिङ्ग सहितको अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो । कर्णाली प्रदेश सरकारको गत जेठ २० गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाबीच अक्सिजन प्लान्ट स्थापनाका लागि आज सम्झौता भएको छ ।
मन्त्रालयका तर्फबाट सचिव कृष्णप्रसाद काप्री र नगरपालिकाका तर्फबाट नगरप्रमुख देवकुमार सुवेदीले हस्ताक्षर गर्दै अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता भएको हो । सम्झौतामा मन्त्रालयबाट अक्सिजन प्लान्ट स्थापना गर्न एक पटकका लागि ६० लाख रुपैयाँ वीरेन्द्रनगर नगरपालिकालाई उपलब्ध गराउने मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
यस्तै, सोही कार्यक्रम र बजेटको परिधिभित्र रही उपयुक्त क्षमताको रिफिलिङ्गसहितको अक्सिजन प्लान्ट स्थापना गर्ने जिम्मेवारी नगरपालिकालाई तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर