शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुर्झाएको संसद भवनमा फुलेका सुन्दर फूलहरु (फोटोफिचर)

शनिबार, २९ जेठ २०७८, १२ : ४६
शनिबार, २९ जेठ २०७८

यतिबेला नयाँ बानेश्वरस्थित संघीय संसद भवन सुनसान छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक प्रतिनिधि सभा भंग नगरेको भए यो समय सरकारले ल्याएको बजेट र कोरोना माहामारी नियन्त्रणका विषयमा संसदमा बहस चलिरहेको हुन्थ्यो होला । सरकारका काम कारवाही र जनताको मुद्दा सांसदहरुले उठाउँदै सरकारको ध्यानाकर्षण गराउँथे होला ।

२०७७ साल पुस ५ गते प्रधानमन्त्री ओलीको अग्रसरतामा भएको संसद विघटन फागुन ११ गते सर्वोच्चले पुनस्र्थापना गरेपनि यहि जेठ ६ गते उनले फेरि दोश्रो पटक मध्यरातमा प्रतिनिधि सभा विघटन गरिदिए । सरकारले यो कदमलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।  गत वर्ष असारमा सरकारको नीति तथा कार्यक्रम पास भएपछि सरकारले हठात रुपमा वर्षे अधिवेशन अन्त्य गरेपछि सरकारले संसदप्रति पटक–पटक निर्मम प्रहार गरेको छ ।

प्रतिनिधि सभा भंग गरिएपनि जिवित रहेको राष्ट्रिय सभाको बैठक समेत सञ्चालन गरिएको छैन । वसन्त ऋतुको आगमनसँगै सुनसान रहेको संसद भवन परिसर भने हरियाली तथा विभिन्न प्रजातिका फुलहरूले सुन्दर देखिएको छ ।

हेर्नुहोस् तस्बिरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप