शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दियो कलाकारलाई राहत

आइतबार, ३० जेठ २०७८, २० : ३०
आइतबार, ३० जेठ २०७८

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निषेधाज्ञाका कारण अप्ठ्यारोमा रहेका कलाकारलाई राहत वितरण कार्यक्रम सञ्चालन गरिरहेको छ । ‘रोगबाट आफै जोगिनुहोस्, भोकबाट हामी जोगाउँछौँ’ भन्ने नाराका साथ प्रतिष्ठानले बिगत केही समयदेखि राहत अभिनय सुरु गरेको हो । अहिलेसम्म करिब ७ सय कलाकारलाई राहत बाडेको प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पंगेनीले जानकारी दिए ।

अहिले आम्दानीको स्रोत नभए र दैनिक गुजारा गर्न अप्ठ्यारोमा रहेका कलाकारहरुलाई प्रतिष्ठानको तर्फबाट चामल, दाल, नुन, चिनी, मसला लगायतका अत्यावश्यक सामग्री वितरण गरिरहेको हो । प्रतिष्ठानको राहत पाउनेमा गायक, गायिका, वाद्यवादक, मोडल तथा प्राविधिक समेत परेका छन् ।

राहतका लागि प्रतिष्ठानका केन्द्रीय सल्लाहकार पृथ्वी थकालीले करीब ७ लाख बराबरको सामग्री उपलब्ध गराएका थिए । केन्द्रीय समितिले उपत्यका समन्वय समितिसँग सहकार्य गरी हालसम्म करिब १२ लाख बराबरको राहत सामग्री वितरण गरेको छ ।

काठमाडौँबाट सुरु गरिएको राहत अभियान देशभर पुर्याउने लक्ष्य प्रतिष्ठानको रहेको छ । पंगेनीले तत्कालै कलाकार काममा फर्कने अवस्था नरहेकाले राहत वितरणलाई केही समय निरन्तरता दिने प्रतिष्ठानको योजना रहेको बताए ।
यसैगरि हाल नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेलाई पनि प्रतिष्ठानले ५१ हजार नगद सहयोग गरेको छ । प्रतिष्ठानले उक्त सहयोग आइतबार निशाको परिवारलाई दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप